३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली सिचाईको लापरवाहीले बेल्डाँडीका किसानलाई रुवावासीमा पुर्यायो

२२ चैत्र २०७२, सोमबार ०७:५०

विमल धामी, चैत्र २२, कञ्चनपुर । जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपलिका–८ बैबाहका किसानको महाकाली सिचाईको लाप्रवाहीले बैबाह शाखामा नहरले थेग्न नसक्ने पानि खोलेर किसानहरुको पाकेको गहुँ खेत भरीएका छन् ।

लगातार ३ दिन सम्म उक्त शाखामा ओभर पानि खोलेर बाटो घाटोमा पानी पानी भएकोले हिडडुल गर्न निकै समस्या भएको छ । कहिलै पनि बाली भित्र¥याउँने हतारीने किसानहरु यो पालि निकै चिन्तित भएका छन् । उक्त नहरको बाटोमा रात दिन हिड्ने स्थानिय वासीहरु सिचाईको यो लाप्रवाही देखेर आक्रोशित भएका छन् । यो शाखामा कहिले पनि लाप्रवाही भईरहने स्थानिय वासीहरुको भनाई रहेको छ ।

एक स्थानिय वासी धनराज उपाध्यायले भने यहाँका नागरिक ईमान्दार नबोल्ने हुनाले यहाँ जे गर्दा नि केही फरक पर्दैन भन्ने सिचाईका चौकिदार देखी उपभोक्त समिति , हाकिम सम्म यो परिपाटि देखीएको गुनासो सुनाउँनु भयो । उनले आक्रोसित हुदै भने यहाँ अधिकाशं किसान ऊखु खेती गर्नेहुनाले गहुँ खेती कमै गर्ने र यो काट्ने बेला खेत पानिले डम्म भएपछी कसलाई ठिक लाग्ला र ? महाकाली सिचाईले यो समस्या सामाधान गर्नको लागी प्रत्येक शाखामा पानि मापनको लागी चौकीदार राखेको हुन्छ ।

ति चौकीदारलाई कार्यालयले परिचालन गर्न नसकेको होकी ? यो बिषय पटक पटक किसान बाट नउँठेको पनि होईन । कोही कोही चौकीदार त आफ्नो डिउटी वफादार तरिकाले गरिरहेका हुन्छन भने कोही चौकीदार को हो भन्ने चिन्नै नसकिने अवस्था यहाँ देखीएको स्थानियहरुको भनाई रहेको छ । कसै कसैलाई त यहाँ बलिको बोकाको जसरी महाकाली सिचाईले पालिरहेको गुनासो पटक पटक स्थानिय बाट नआएको होईन ।

महाकाली सिचाई द्धितिय चरण जल उपभोक्ता समिति अन्तरगत ब्लक नं. ६का अधक्ष्य मदन सिह खत्रीले भने सबै शाखामा चौकीदार पानी मापन गर्नको लागी राखेको तर तिनले कसरी काम गरिरहेका छन् आफुहरु संग सम्पर्क कहिले नि नगर्ने परिपाटि रहेको बताए । हामीले उनिहरुलाई कहिले भेटेको बेला के छ स्थीति भन्दा ठिक छ भन्ने गरेको पाईन्छ, तर हामीलाई यि गुनासाहरु पटक पटक आईरहन्छन् । हामीले यि किसानका समस्यालाई सामाधान गर्न निकै प्रयास गरेका हुन्छौ कहिले काही यस्ता समस्या दोहरीने गरेको पाईएको बाताए आफुहरुले यो समस्या सामाधान गर्न तुरुन्त पहल समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही