जेठ, रोल्पा । राप्ती साहित्य परिषद्को ४१ औं स्थापना दिवस तथा तेह्रौं अधिवेशन शनिबार र आइतबार दाङमा सम्पन्न भएको छ । 

अधिवेशनले परिषदको अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 जेठ, रोल्पा । राप्ती साहित्य परिषद्को ४१ औं स्थापना दिवस तथा तेह्रौं अधिवेशन शनिबार र आइतबार दाङमा सम्पन्न भएको छ । 

अधिवेशनले परिषदको अध्य"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती साहित्य परिषदमा फेरि खनालकै नेतृत्व

२०७४, १७ जेष्ठ बुधबार ११:११


 जेठ, रोल्पा । राप्ती साहित्य परिषद्को ४१ औं स्थापना दिवस तथा तेह्रौं अधिवेशन शनिबार र आइतबार दाङमा सम्पन्न भएको छ । 

अधिवेशनले परिषदको अध्यक्षमा पुनः पुरुषोत्तम खनाललाई चयन गरेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा टीकाराम उदासी लाई पनि पुनः चयन गरेको छ । हरेक जिल्लाका अध्यक्षहरु पदेन केन्द्रिय उपाध्यक्ष हुने वैधानिक व्यवस्था अनुसार रुकुमका मनलाल वली, रोल्पाका कविता उपाध्याय, सल्यानका विष्णु शर्मा, प्यूठानका देवेन्द्रकुमार रिजाल र दाङका कमलमणि देवकोटा उपाध्यक्ष चुनिनु भएको छ । 

 परिषदको महासचिवमा यसअघि सचिव रहनु भएका रमेश सुवेदी रोल्पा, सचिवमा खेमराज मल्ल दाङ र कोषाध्यक्षमा मोहनकुमार दाहाल सल्यानलाई चयन गरिएको छ । सदस्यहरुमा दाङबाट शारदा शर्मा, आशिष कल्पबृक्ष र कमला रावत, प्यूठानबाट नवराज आचार्य, विमला खनाल र विनोद केसी, सल्यानबाट त्रिपुरा शाह, प्रेम योगी र पुरुषोत्तम गिरी, रोल्पाबाट रामचन्द्र श्रेष्ठ, खेमराज गाउँले र 

विमला डाँगी विकलता साथै रुकुमबाट सिर्जना शर्मा, प्रकाश क्षितिज र गोविन्द पुन गिरिशलाई चयन गरिएको छ । नयाँ कार्य समिति चयनका लागि नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष उत्तमकृष्ण मजगैयाको संयोजकत्वमा डीवी टुहुरो र सुशील गौतम सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । परिषद्को पहिलो बैठकले केन्द्रिय अध्यक्षको अध्यक्षतामा ७ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

शनिबार भएको उद्घाटन कार्यक्रममा १७ जना साहित्यकारहरु पुरस्कृत भएका छन् । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटम दाङ, राप्ती सिर्जना पुरस्कार श्रीधर पौडेल दाङ, विष्णुनुमा पुरस्कार विमला डाँगी रोल्पा, नन्दहरि पुरस्कार कुलराज राजभण्डारी दाङ, दिलसरी दल अतिरिक्त पुरस्कार भावेश भूमरी प्यूठान, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार सल्यानका डा. मधुसूदन लामिछाने, पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार प्रकाश केसी दाङलाई प्रदान गरिएको छ ।


यसैगरी डोमादेवी साहित्य पुरस्कार लोक आलोक रोल्पा, देवीचन्द्र पुरस्कार गोपाल भुसाल अभिलाषी दाङ, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य वीसी दाङ, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेल दाङ, गोमा देवकोटा कला पुरस्कार कमला भारती दाङ, हरिप्रसाद मीना पाण्डेय पुरस्कार रेशम वीसी दाङ, खोबिलाल हुकुमादेवी छन्द साहित्य पुरस्कार सिर्जना शर्मा रुकुम, पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लिलागम्भीर थारु दाङ, चक्रपाणि लक्ष्मी लोकेश्वरी स्मृति छन्द पुरस्कार डिल्लीराज श्रीधर दाङ र ऋषिलक्ष्मी साहित्य पुरस्कार अर्जुनकुमार पौडेल दाङलाई प्रदान गरिएको छ ।

कार्यक्रममा प्यूठानका साहित्यकार भूपेन्द्र सुवेदीलाई सम्मान गरिएको थियो । अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेका सुवेदीको सम्मान पत्र र दोसल्ला परिषद्का महासचिव रमेश सुवेदीले निजको निवास काठमाडौमा पुगी हस्तान्तरण गर्नुभएको छ । 

रोल्पा शाखा अध्यक्ष कविता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा  संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नारायण प्रसाद शर्मा, साहित्यकारहरु गिरिराज शर्मा, उत्तमकृष्ण मजगैया, पद्मप्रसाद शर्मा, शरद अधिकारी लगायत सम्मानित श्रष्टाहरु मध्ये डा. नेत्र एटम, श्रीधर पौडेल, रेशम वीसी, डा. मधुसूदन लामिछाने, भावेश भूमरी, विमला डाँगी, सिर्जना शर्मा र डिल्लीराज श्रीधरले बोल्नुभएको थियो ।  केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सल्यान शाखा अध्यक्ष विष्णु शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने केन्द्रिय सचिव रमेश सुवेदीले कार्यक्रमको संचालन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल