२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चितुवाको छाला, हड्डी र हतियारसहित दुई जना पक्राउ

२२ चैत्र २०७२, सोमबार १२:०२

tiger chhala copyभाष्कर के.सी./चैत्र २२, कञ्चनपुर । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान टिमले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट तिन थान चितुवाको छाला र ४ वोरी मा राखिएको १५ किलो हड्डी सहित दुई जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झलारीपिपलाडी ७ का ३४ वर्षिय पदम ठगुन्ना र ५७ वर्षिय नरबहादुर विष्ट रहेका छन । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले पत्रकार सम्मेलन गरी आज सार्वजनीक गरेको छ ।

सोमवार रातीको समयमा झलारी बजार आउदै गरेका २ जनालाई झलारी पिपलाडी १० लालबनिया मा शंकाको आधारमा चेक जाज गर्दा तिन थान चितुवाको छाला र १५ किलो हड्डी सहित उनिहरु पक्राउ गरीएको जिल्ला प्रहरीकार्यालय कञ्चनपुर का प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार खनालले जानकारी दिनु भएको छ । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र थप अनुसन्धान गरी कार्वाही का लागी जिल्ला वन कार्यालय कञ्चनपुर लाइ बुझाईने प्रहरीले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका बाट प्रहरीले हतियार सहितका २ जनालाई समेत पक्राउ गरेको छ । सोमवार राती इलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका —८ महाकाली बहुमुखी क्याम्पस नजिक बाट एक थान कटुवा पेस्तोल सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको अत्तरिया नगरपालिका १२ का १९ वर्षिय घुम्मन राना र सोही ठाउ बस्ने बर्ष २० का सन्तोष राना रहेका छन ।

ति दुवैजना लाई पनी प्रहरी ले आजै पत्रकार सम्ममेलन गरी सार्वजनीक गरेको छ बेलौरी नगरपालिका १० पचुई बाट करिव १२ बजे राती मोटर साईकलमा आउदै गर्दा चेकजाचका क्रममा उनीहरुलाई हतियार सहित पक्राउ गरीएको र उनिसंगै आएका एक जना भने फरार रहेकाले खोजीकार्य जारी रहेको इलाका प्रहरीकार्यालय बेलौरीका प्रहरी निरिक्षक भरत बहादुर चौधरीले जानकारी दिनुभएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र घटना मा अन्य व्यक्ति को पनी संलग्नता हुन सक्ने देखिएकोले थप अनुसन्धान भई निज लाई हात हतियार खरखजाना मुद्या चलाई कार्वाही गरीने को कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारी ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य