२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सामाजिक विकासका लागी बेल्डाँडी अलस्टार क्लबद्धारा आर्थिक संकलन

२०७२, २६ चैत्र शुक्रबार ०८:४२

विमल धामी, चैत्र २६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१ अलस्टार युवा क्लबले अनलाईन बाट समाज बिकासका लागी पहिलो पटक आर्थिक संकलन गरेको छ ।

युवा खेलकुदमा मात्र सिमित नभएर समाजको लागी केही विकासको काम गर्न सक्छन् भन्ने पुष्टि गर्न युवा युवा मिली पहिलो पटक आर्थिक संकलन गर्न जुटेको क्लब संयोजक मिलन शाह(बाबु)ले जानकारी गराउँनु भयो । उनले भने समाजले युवालाई हेर्ने दृष्टी फरक भएका कारण समाज बिकासमा युवा सहभागिता नहुन सकेको बताए । हामी युवा भएर हाम्रो गाउँटोल विकासका लागी केही गर्नु पर्छ भन्ने आफुहरुमा बिदेश बस्दा भोगेको भोगाई सुनाउदै हामीले पनि हाम्रो ठाउँमा केही गर्न सक्छौ भन्ने सोच बनेको संयोजक शाहले बताउँनु भयो ।

उनले भने बिगतका दिन या बाल्यकालमा जानी नजानी केही कमि कम्जोरी हामी युवा बाट भएका हुनसक्छन् तर ति दिनहरुबाट पाठ सिक्दै हामी आज बिकासको काममा सहभागी हुनको लागी अनलाईन बाट आजको मिति सम्म १लाख १७हजार ९सय ३५ रुपैयाँ जमा गरिसकेको जानकारी दिनु भयो । उठेको रकमले बिकासको काममा यसरी खर्च गर्ने जनाए , कालिका मन्दिर नजिकै एउटा यात्रु प्रतिक्षालय निर्माण , गाउँघरका बाटा घाटा तथा सार्वजनिक ठाउँ पनः निर्माण , बिगत ७साल देखी दर्ता नहुन सकेको अलस्टार युवा क्लबलाई दर्ता गरेर संचालनमा ल्याउँने , बालबालिकाका लागी खेल सामाग्री उपलब्ध गराउने क्लबको मुख्य कार्य रहेको बताए । यसरी युवा विकासको काममा सकृय भएको देख्दा स्थानिय वासीहरुमा खुशी पलाएको छ ।

एक स्थानिय बिकास सिह महताले भने नेताहरुले युवालाई चुनावको बेला बिभिन्न प्रलोभन देखाएर नारा बाजी कुट पिटमा मात्र प्रयोग गर्ने चुनाव जितेपछि वास्ता नगर्ने बानिले आज हाम्रो सोचमा सकारात्मक परिर्वतन आएको कुरा खुल्लासा गरे । नेताले बिभिन्न प्रलोभन देखाए तर युवाको हित हुने काम बेल्डाँडीमा कहिलै नगरेको दुःखेसो सुनाए । हामी युवा मिलेर आफ्नो गाउँ आफै बनाउँ भन्ने सोच अहिले यहाँका अधिकांश युवामा देखीएको उर्जाले क्लबलाई सशक्त बनाउने कुरा दावी गर्नु भयो । यस्तै अर्का स्थानिय युवा एम एस घटालले भने युवाले चाहे जे पनि गर्न सकिन्छ । त्यसैले हामी सबैले हाम्रो गाउँ आफै बनाउँ भन्ने ब्यावहारमा उतारेरै छोड्ने बताए । उनले भने यसमा सबैको सहयोग हातेमालो रहन जरुरी रहेको धारण ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा