जेठ १८, सर्लाही | जिल्लाको लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे ।

होटलबाट नक्कली अपहरित महिला बबिता च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, सर्लाही | जिल्लाको लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे ।

होटलबाट नक्कली अपहरित महिला बबिता च"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा, श्रीमानसँग अपहरणको नाटक

१८ जेष्ठ २०७४, बिहीबार १६:४०

जेठ १८, सर्लाही | जिल्लाको लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे ।

होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेका हुन् ।

बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकी थिइन् तर बेलुका सम्म नफर्केपछि बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमान मेघराज चौहानले निवेदन दिएका थिए ।

श्रीमान चौहानले दिएको निवेदनमा बेपता भएकि श्रीमतीको नम्बरबाट बेलुका अपहरितकि दाई कुलमणी बस्नेतलाई फोन आयो । श्रीमतीको मोबाइल नम्बर ९८४२६५४२७० बाट अपरिचित पुरुष मानिसले फोन सम्पर्क गरी तेरो बहिनी मेरो कब्जामा छ सकुशल चाहन्छस भने दश लाख तयारी गरी राख, प्रहरीलाई खवर गरेमा तेरो छोरा छोरी काठमाडौ के कुन ठाउमा बस्छन् तथा के कुन स्कुलमा पढ्छन मलाई सबै थाहा छ भनी फोनबाट धम्की दिईयो । अपरिचित व्यक्तिले श्रीमतीलाई अपहरण गरेको हुनसक्ने आशंकामा खोजतलासका लागि उनको चौहानले झापा प्रहरीलाई निवेदन दिएका थिए । 

फेरी मेघराज चौहान र कुलमणी बस्नेतलाई बबिता बस्नेत चौहानको मोबाईल र फेसबुक मेसेन्जर समेतबाट ज्यान मार्ने सम्मको डर धाक धम्कीपुर्ण भाषामा पूनः फिरौती रकम रू. ३० लाख माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा बबिता बस्नेत चौहानले नाटक गरेको पत्ता लाग्यो । बबिता र बिष्णु गौतमको योजना र मिलेमतोमा बबिता बस्नेत चौहानले आफु अपहरणमा परेको भनी आफ्नै श्रीमान तथा दाजु समेतलाई डर धाक धम्की दिई फोन तथा सामाजिक सञ्जाल फेसबुक मार्फत पटकपटक फिरौती रकम मागेको खुलाशा भएको छ ।

प्रहरीले बबितालाई सर्लाहीको यूनाईटेड होटलमा नक्कली अपहरणकारी सँगै बसेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक