बैशाख ५, कञ्चनपुर । दुई महिनाअघि हराएकी बालिकाको माइती नेपाल कञ्चनपुरले भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरेको छ । भीमदत्तनगरपालिका–८ की १२ वर्षीया बालिका दुई महिनाअघि हराएकी थिइन ।
माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएकि छन । । हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए ।