४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीका किसानद्धारा जल उपभोक्ता समितिलाई ज्ञापन पत्र

१६ बैशाख २०७३, बिहीबार १०:३१

विमल धामी, बैशाख १६, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाका बैबाह झिलमिलाका किसानहरुले महाकाली सिचाई प्रणाली अन्र्तगत द्धितिय चरण जल उपभोक्ता संघ क्षेत्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार सो क्षेत्रका किसानहरुले वैबाह–झिलमिला बिचको महाकाली सिचाईको ड्रिन बिगत २० बर्ष देखी सफाई नहुदा ड्रिन पुरिएर बर्षातको समयमा बस्ती डुबान हुनुका साथै बाली नाली नष्ट हुने गरेको भन्दै ज्ञापन पत्र बुझाएको हो । महाकाली सिचाई जल उपभोक्ता समितिले बिगतका बर्षहरुमै सो ड्रिन सफाई गर्ने भने पनि उक्त ड्रिन हाल सम्म पनि सफाई नहुदा किसानहरु बर्षात नजिक आउदा चिन्तित बनेका छन् ।

ज्ञापन पत्र बझाउँन आएका किसान किरण कुवरले भने हामी यो ज्ञापन पत्र कम्ता दुःखले बुझाउन आएका हैनौँ बर्षातको बेला यो ड्रिन भरिएर हाम्रो घरको छत सम्म पानी पुग्ने गरेको गुनासो गर्नुभयो । बर्षातमा लगाउँने बाली नाली पनि डुवान भएर नष्ट हुने भएकोले यहाँका अधिकांस युवा पेट पाल्नको लागी भारत धाउँने गरेको दुःखेसो सुनाउनु भयो ।

यस्तै अर्का किसान धनराज बोहराले भने, महाकाली सिचाईले किसानलाई दिनु दुःख दियो हाम्रो यो डुवानको समस्या सामाधान हुने आशा पनि मर्न थालेको बताउनुभयो । ‘हामी यो सिचाईको ध्यान किसानको समस्यामा पुगोस, किसानका समस्या तुरुन्त सामाधान होस भन्ने उदेश्यले हामी यहाँ पुगेका हौँ ’, उनले भने ‘बर्षात शुरु हुनै लाग्दा कता कता मनमा बिगतका पिडाले सताउँने गरेको छ ।’ हाम्रो ईमान्दारीता लाई यो सिचाईले आज सम्म लत्याएको र अवका दिनमा किसान प्रति उतरदायि हुन आग्रह समेत गरे ।

अर्का किसान मोहन महराले भने यो ड्रिनको किनारा तिर हामीले ६ मिटर चौडा बाटो बनाउँनको लागी ट्रेक खोलिसकेको यो ड्रिनको माटो यो बाटोमा हाली दिए हामीलाई हिडडुल गर्न सजिलो हुने बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै महाकाली सिचाई जल उपभोक्ता क्षेत्रिय समितिका अध्यक्ष भिम बहादुर थापाले किसानका समस्या हामीले लिएको र तुरुन्त किसानको समस्या मध्यनजर गर्दै समाधान गर्ने आवश्वासन दिएका छन् । केही दिन पहिले हामी यो ड्रिन सफाई गर्ने वाला थियौँ नाकाबन्दीको कारणले तेल नपाउँदा काम रोकिएको बताए ।

अहिले अर्को ठाउँमा काम भईरहेको त्यो काम सक्ना बितिकै बैबाहको ड्रिन सफाई गर्ने हाम्रो पलान रहेको बताए । महाकाली सिँचाईका कारण उक्त क्षेत्रको खेतीयोग्य जमिन दलदलमा परिणत भएपछी दक्षिणको हजारौँ उब्जनी भूमि उजाड भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल