२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीका किसानद्धारा जल उपभोक्ता समितिलाई ज्ञापन पत्र

२०७३, १६ बैशाख बिहीबार १०:३१

विमल धामी, बैशाख १६, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाका बैबाह झिलमिलाका किसानहरुले महाकाली सिचाई प्रणाली अन्र्तगत द्धितिय चरण जल उपभोक्ता संघ क्षेत्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार सो क्षेत्रका किसानहरुले वैबाह–झिलमिला बिचको महाकाली सिचाईको ड्रिन बिगत २० बर्ष देखी सफाई नहुदा ड्रिन पुरिएर बर्षातको समयमा बस्ती डुबान हुनुका साथै बाली नाली नष्ट हुने गरेको भन्दै ज्ञापन पत्र बुझाएको हो । महाकाली सिचाई जल उपभोक्ता समितिले बिगतका बर्षहरुमै सो ड्रिन सफाई गर्ने भने पनि उक्त ड्रिन हाल सम्म पनि सफाई नहुदा किसानहरु बर्षात नजिक आउदा चिन्तित बनेका छन् ।

ज्ञापन पत्र बझाउँन आएका किसान किरण कुवरले भने हामी यो ज्ञापन पत्र कम्ता दुःखले बुझाउन आएका हैनौँ बर्षातको बेला यो ड्रिन भरिएर हाम्रो घरको छत सम्म पानी पुग्ने गरेको गुनासो गर्नुभयो । बर्षातमा लगाउँने बाली नाली पनि डुवान भएर नष्ट हुने भएकोले यहाँका अधिकांस युवा पेट पाल्नको लागी भारत धाउँने गरेको दुःखेसो सुनाउनु भयो ।

यस्तै अर्का किसान धनराज बोहराले भने, महाकाली सिचाईले किसानलाई दिनु दुःख दियो हाम्रो यो डुवानको समस्या सामाधान हुने आशा पनि मर्न थालेको बताउनुभयो । ‘हामी यो सिचाईको ध्यान किसानको समस्यामा पुगोस, किसानका समस्या तुरुन्त सामाधान होस भन्ने उदेश्यले हामी यहाँ पुगेका हौँ ’, उनले भने ‘बर्षात शुरु हुनै लाग्दा कता कता मनमा बिगतका पिडाले सताउँने गरेको छ ।’ हाम्रो ईमान्दारीता लाई यो सिचाईले आज सम्म लत्याएको र अवका दिनमा किसान प्रति उतरदायि हुन आग्रह समेत गरे ।

अर्का किसान मोहन महराले भने यो ड्रिनको किनारा तिर हामीले ६ मिटर चौडा बाटो बनाउँनको लागी ट्रेक खोलिसकेको यो ड्रिनको माटो यो बाटोमा हाली दिए हामीलाई हिडडुल गर्न सजिलो हुने बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै महाकाली सिचाई जल उपभोक्ता क्षेत्रिय समितिका अध्यक्ष भिम बहादुर थापाले किसानका समस्या हामीले लिएको र तुरुन्त किसानको समस्या मध्यनजर गर्दै समाधान गर्ने आवश्वासन दिएका छन् । केही दिन पहिले हामी यो ड्रिन सफाई गर्ने वाला थियौँ नाकाबन्दीको कारणले तेल नपाउँदा काम रोकिएको बताए ।

अहिले अर्को ठाउँमा काम भईरहेको त्यो काम सक्ना बितिकै बैबाहको ड्रिन सफाई गर्ने हाम्रो पलान रहेको बताए । महाकाली सिँचाईका कारण उक्त क्षेत्रको खेतीयोग्य जमिन दलदलमा परिणत भएपछी दक्षिणको हजारौँ उब्जनी भूमि उजाड भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ