२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रुपाकोट मझुवागढी नपामा फोहर व्यवस्थापन केन्द्र

२४ जेष्ठ २०७४, बुधबार ०६:०८

जेठ २४, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थन्किएको फोहर व्यवस्थापन गर्र्न थालिएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि सदरमुकाम दिक्तेलमा जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न थालिएको हो । 

भर्खरै सञ्चालनमा ल्याइएको फोहर व्यवस्थापन केन्द्र सदरमुकाम दिक्तेलबाट करिब १२ किमी टाढा रहेको छ । सामुदायिक वनले जग्गा उपलब्ध गराउनाका साथै नगरपालिका र जिल्ला समन्वय समितिको पहलमा सडक निर्माण गरेपछि फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो । 

लफ्याङमा सञ्चालन गरिएको फोहर व्यवस्थापन केन्द्र वातावरणीय हिसाबले उपयुक्त ठाउँमा रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । 

“सामुदायिक वनको जग्गामा सञ्चालन गरिएको फोहर व्यवस्थापन केन्द्र गाउँबाट करिब पाँच किमी टाढा पर्छ”, उहाँले भन्नुभयो, “वातावरणीय हिसाबले उपयुक्त ठाउँ मानिएको फोहर व्यवस्थापन केन्द्रमा करिब २०० वर्षसम्मका फोहर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको हो ।” 

फोहर व्यवस्थापन केन्द्र स्थापनाका लागि नेपाल सरकार सचिवस्तरको बैठकले गत २०७३ साल चैत १० गते स्वीकृति दिएको थियो । सरकारको निर्णयलगत्तै वातावरण व्यवस्थापन विभागबाट पत्र आएपछि सामुदायिक वनको बीचभागमा रहेको करिब ४० रोपनी खाली जग्गामा फोहर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । 

फोहर व्यवस्थापन केन्द्रमा नगरपालिकाका तर्फबाट हरेक हप्ताको दुई पटक फोहर फाल्ने व्यवस्था मिलाइएको नगरपालिकाका कार्यकारी अधिकृत खिलाराज राईले बताउनुभयो । “तत्कालका लागि नगरपालिकाबाटै व्यवस्थापन गर्दै आइएको छ”, उहाँले भन्नुभयो, “अब केही दिनमै फोहर व्यवस्थापन कम्पनीले काम थाल्नेछ ।” 

नगरपालिकाले आगामी दिनमा फोहर व्यवस्थापनका लागि कालिका फोहर व्यवस्थापन कम्पनीसँग सम्झौता गरेको छ । कामको जिम्मेवारी पाएको कम्पनीले जनप्रतिनिधि चुनिएपछि काम थाल्ने नगरपालिकाले जनाएको छ । 

फोहर व्यवस्थापन केन्द्रसम्म पुग्ने सडक नगरपालिकाको रु १२ लाख पचास हजार र जिल्ला समन्वय समितिको रु दुई लाख लगानीमा निर्माण गरिएको छ । सडक बाह्रैमहिना सञ्चालनमा रहने निर्माण उपभोक्ता समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य