६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने

२४ जेष्ठ २०७४, बुधबार ०८:४९

भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन १ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरेको हो । २०७३ साउन १ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा दर्ता भएको भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल साप्ताहिक प्रकाशन र भिजन एफएम प्रसारण गर्दै आएको छ । 

साउन २ गते भिजन नेपाल साप्ताहिकको प्रकाशन सुरु गरेका दिन संस्था र पत्रिका दुवैको वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार भिजनले वार्षिक उत्सवको अवसरमा भिजन नेपालका सल्लाहकार एकदेब अधिकारी र विश्वको सर्वोच्च शिखर सगरमाथामा भिजन एफएमको झण्डा फहराउने सफल आरोही पेम्बा शेर्पालाई सम्मान गर्ने निर्णय गरेको छ ।

 भिजन नेपाल स्थापना र स्थायीत्वका लागि शेर्पा र अधिकारीको योगदानको उच्च कदर गर्दै वार्षिक उत्सवका अवसरमा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा आरोही पेम्बा शेर्पाले भिजन एफएमको झण्डा यहि जेठ ७ गते आईतबार सगरमाथामा फहराउनु भएको थियो । सगरमाथाको चुचुरोमा एफएमको झण्डा फर्फराएर भिजनको किर्तीमानी कायम गराउने शेर्पा र असल अभिभावकत्व प्रदान गर्ने अधिकारीलाई साउन २ गते ओखलढुंगामा बृहत कार्यक्रमका बिच सम्मान गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ । 

भिजन आइडल हुने 

भिजन नेपाल ओखलढुंगाले हरेक वर्ष खुल्ला गायन प्रतियोगिता भिजन आइडल सञ्चालन गर्ने भएको छ । ग्रामिण क्षेत्रमा कला भएर पनि अवसर नपाएका कारण अघि बढ्न नसकेकाहरुको कला र गलाको विकासमा थप टेवा पु¥याउने उद्धेश्यले भिजनले हरेक वर्ष भिजन आइडल सञ्चालन गर्ने भएको हो । पहिलो पटक यस वर्ष खुल्ला रुपमा सञ्चालन गर्ने र अर्को वर्षदेखि गाउँ तथा नगरपालिका तह हुँदै चरणबद्ध प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । भिजन एफएमको प्रसारण शुभारम्भ कार्यक्रममा पनि खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । 

न पक्ष न विपक्ष संधै निष्पक्ष भन्ने मुल ध्ययेका साथ गत साउन २ गतेबाट प्रकाशन सुरु गरिएको भिजन नेपाल ओखलढुंगा साप्ताहिक अहिले जिल्लाका सबै गाउँका पाठक माझ पु¥याइएको व्यवस्थापक रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भिजन साप्ताहिकमा ओखलढुंगाका खबर मात्रै प्रकाशन गर्ने गरिएको छ । भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल साप्ताहिक प्रकाशन र भिजन एफएम प्रसारण गरिरहेको छ । भिजन एफएम जिल्लामा सबै भन्दा बढि क्षेत्रमा प्रसारण पहुँच भएको रेडियो हो,भने भिजन नेपाल साप्ताहिक जिल्लाको एकमात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति