२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको एक होटलमा अज्ञात समूहद्वारा दुई जनाको हत्या

२०७३, २४ बैशाख शुक्रबार ०२:४२

hotelभाष्कर के.सी./बैशाख २४, कञ्चनपुर । कञ्चनपुरको एक होटलमा अज्ञात समुहको आक्रमणबाट दुई जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

महेन्द्रनगरको गल्ली नं.४ स्थित संगम होटल एण्ड लज शुद्ध भोजनालयमा विहीबार राती ११ बजे सोही होटलमा काम गर्ने वर्ष ४५ का सुन्दुरपुर बस्ने कारीगर कृष्ण सिंह विष्ट र वर्ष २० का बाजुरा निवासी वेटर भिम रोकाया हत्या भएको छ ।

बडैपुर निवासी ४० बर्षीय पदम राज जोशी गम्भीर घाइते भएका छन् । उनलाई अहिले थप उपचारका लागि कोहोलपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घाइतेको घाटी नाकमा चोट लागेको होटल सञ्चालक मोहन सिह खत्रीले जानकारी दिए ।

राती होटल बन्द गरी माथिलो तल्लामा आफु सुतेको त्यस बेला सम्म कुनै घटना नघटेको राती १२ बजे मात्र आफुलाई घटना घटेको थाहा भएपछि प्रहरीलाई खबर गरेको होटल संञ्चालक खत्रीले बताए । घटनाबारे अनुसन्धानका लागि होटलका मालिक र कर्मचारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हत्या कसले किन गरेको हो भन्नेबारे केही खुल्न नसकेको डि.एस.पी केदार खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा