४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको एक होटलमा अज्ञात समूहद्वारा दुई जनाको हत्या

२४ बैशाख २०७३, शुक्रबार ०२:४२

hotelभाष्कर के.सी./बैशाख २४, कञ्चनपुर । कञ्चनपुरको एक होटलमा अज्ञात समुहको आक्रमणबाट दुई जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

महेन्द्रनगरको गल्ली नं.४ स्थित संगम होटल एण्ड लज शुद्ध भोजनालयमा विहीबार राती ११ बजे सोही होटलमा काम गर्ने वर्ष ४५ का सुन्दुरपुर बस्ने कारीगर कृष्ण सिंह विष्ट र वर्ष २० का बाजुरा निवासी वेटर भिम रोकाया हत्या भएको छ ।

बडैपुर निवासी ४० बर्षीय पदम राज जोशी गम्भीर घाइते भएका छन् । उनलाई अहिले थप उपचारका लागि कोहोलपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घाइतेको घाटी नाकमा चोट लागेको होटल सञ्चालक मोहन सिह खत्रीले जानकारी दिए ।

राती होटल बन्द गरी माथिलो तल्लामा आफु सुतेको त्यस बेला सम्म कुनै घटना नघटेको राती १२ बजे मात्र आफुलाई घटना घटेको थाहा भएपछि प्रहरीलाई खबर गरेको होटल संञ्चालक खत्रीले बताए । घटनाबारे अनुसन्धानका लागि होटलका मालिक र कर्मचारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हत्या कसले किन गरेको हो भन्नेबारे केही खुल्न नसकेको डि.एस.पी केदार खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा