सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका जिल्ला शिक्षा अधिकारीले जातीय विभेद गरेको कर्मचारीको आरोप

२५ जेष्ठ २०७४, बिहीबार ०६:४२

सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप लगाएका छन ।  

जिल्ला शिक्षा कार्यालय प्युठानका शिक्षा अधिकारी कल्पना घिमिरेले आफुलाई लक्षित गरि सामाजिक संजाल फेसबुक मार्फत जातीय विभेद गरेको उहाँले आरोप लगाउनुभएको हो । 

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्माले शिक्षा अधिकारीको सामाजिक संञ्जाल मार्फत दिएको अभिव्यक्ति आफुमाथी लक्षित भए पनि सिंगो दलित समुदाय माथीनै आँच पु¥याएको बताए ।  कार्यालय प्रमुखले सामान्य माफी मागेको भन्दै न्यायका लागि अदालत जाने उनले बताए । 

राष्ट्रिय दलित कर्मचारी समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका विश्वकर्माले उक्त विषयसँगै कार्यालयका कर्मचारीहरुलाई धम्की र त्रास दिने गरेको आरोप लगाए । झण्डै सात महिना अगाडी आफ्नो जन्मदिनको निम्तोमा शिक्षा अधिकारी उपस्थिति भएको र हाल त्यहि विषयलाई जोडेर फेसबुक  स्टयाटस मार्फत आफु र दलित समुदायलाई नै विदेभ गरेको उनको भनाई छ ।  

जिशिअ घिमिरेले जेठ १६ गते आफ्नो फेसबुक स्टयाटसमा “मैले मेरो जन्मदिन हालसम्म मनाउने गरेकी छैन एकदिन आफ्नो जन्मदिन भनेर एकजनाले मरिहत्तेगरेपछि सुख नपाएर गए किनकी  दलित भनेर आइन भन्छन भन्ने डरले हाल तिनको स्वभाव देख्दा वान्ता आइराछ ।”  लेखेकी थिईन  । 

कार्यालय प्रमुख घिमिरेले उक्त ‘स्टयाटस’ प्रति क्षमा मागि सकेको बताईन । विश्वकर्मालाई लक्षित गरि उक्त ‘स्टयाटस’ नलेखिएको भन्दै त्यसले परेको नकारात्मक असर प्रति आफुले माफी मागेको प्रतिक्रिया दिईन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै