४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर निर्माण व्यवसायी संघको २५औं कार्यकारणी समितिको निर्वाचन सम्पन्न

२६ बैशाख २०७३, आईतवार ०२:५६

बैशाख २६ कञ्चनपुर । कञ्चनपुर निर्माण व्यवसायी संघको २५ औं कार्यकारणी समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

उक्त निर्वाचनबाट अध्यक्ष पदमा गजेन्द्र बहादुर चन्द निर्वाचित हुनु भएको छ । दोस्रो पटक निर्माण व्यवसायी संघको नेतृत्व समाल्ने अवसर पाएका चन्दले प्रतिस्प्रर्धी गजेन्द्र थापालाई १० मतले पराजित गर्नुभयो । अध्यक्ष चन्दले १ सय ४२ मत प्राप्त गरे भने थापाले १सय ३२ मत पाए ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा पुष्पराज अवस्थी १ सय ७१ मतले निर्वाचित भए । महासचिबमा लक्ष्मणदत्त लेखक निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी संघको सचिबमा १ सय ५० मत ल्याउदै राजेन्द्र बहादुर चन्द निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी खगेश्वर प्रसाद पाण्डेयले १ सय २० मतमा चित्त बुझाए ।

निमार्ण व्यवसायीको निर्वाचनमा कोषाध्यक्षमा पदमा पहिलो पटक महिला बाट निर्मला भट्ट निर्वाचित हुनु भएको छ । उहाँले भुवनेश भट्टलाई २८ मतले पछि पार्दै १ सय ५० मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी सह कोषाध्यक्षमा महेश चन्द १ सय ३९ मत ल्याउदै निर्वाचित भए । उनका प्रतिद्धन्दी देवीदत्त जोशीले १ सय ३० मत पाए ।

समितिको सदस्य पदमा अमर बहादुर मल्लले १ सय ४२, योगेन्द्र ठकुराठीले १ सय २७, हेम महरा १सय २४, दिपेन्द्र पन्त १ सय १६, रविन्द्र केसी १ सय १२, विश्णु बहादुर सिंह १ सय ४ र गोरे सिंह ऐर ९९ मत ल्याउदै सदस्य पदमा निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’