अभिमनु कुमार पटेल/जेठ २५, रौतहट । रौतहटमा होटलबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु कुमार पटेल/जेठ २५, रौतहट । रौतहटमा होटलबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधब"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

२०७४, २५ जेष्ठ बिहीबार १२:५२


अभिमनु कुमार पटेल/जेठ २५, रौतहट । रौतहटमा होटलबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधबार राति बजेको समयमा  बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाटमा खटी गएको प्रहरीको टोलीले चन्द्रपुर न.पा. ४ स्थित पूर्व पश्चिम राजमार्गको छेउमा रहेको न्यु सुदर्शन होटेल एण्ड लजको कोठा नं १०५ मा चेक जाँच गर्दा सो कोठा भित्र २ जना बिष्फोटक पदार्थ सहित फेलापरेको थियो । 

पक्राउ परेका दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको अनुमान छ ।

बिष्फोटक पदार्थमा पक्राउ पर्नेमा झापाको धर्मपुर वडा नं ६ का ३२ बर्षिय दिलिप थापा र सोही ठाउँकै ३५ वर्षीय तारा थापा रहेका छन् ।

पक्राउ परेका दुवै जनासँग ३० वटा जिलेटिन, २२ वटा डिटोनेटर, सेफटी फ्युज ४ फिट तिन इन्चको एक थान, एक फिट दुई इन्चको २ थान, २० इन्चको दुई थान, मोबाईल ४ थान र ग ३ प ३९११ नम्बरको यामाहा मोटरसाईकल सहित फेलापरेकोले २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

पक्राउ परेको दिलीप थापासँग २०७३ असोज १६ को मितिमा सूचना विभागबाट रातो खबर साप्ताहिकको पे्रस पास समेत फेला परेको छ । 

सो बिष्फोटक पदार्थ सहित पक्राउ परेका दुई जना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख पोखरेलले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल