कालिञ्चोक भगवतीमाई मन्दिर दर्शन गर्न गएका दर्शनार्थीको मृत्यु

Posted on: 08 Jun, 2017

जेठ २५, चरिकोट । दोलखाको चर्चित कालिञ्चोक भगवतीमाई मन्दिर दर्शन गर्न गएका एक दर्शनार्थीको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–१ डाडाँगाउँकी ७० वर्षीया डम्बरकुमार खाती रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । 

अक्सिजनको अभावले वृद्धाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!