नन्दराम जैशी/जेठ २६, जुम्ला । कर्णाली कला केन्द्र जुम्लाको प्रधान कार्यालय बिहिबार जुम्ला बजारमा उद्घाटन गरीएको छ । 

एक औपचारीक कार्यक्रमकाबि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/जेठ २६, जुम्ला । कर्णाली कला केन्द्र जुम्लाको प्रधान कार्यालय बिहिबार जुम्ला बजारमा उद्घाटन गरीएको छ । 

एक औपचारीक कार्यक्रमकाबि"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा कर्णाली कला केन्द्रको प्रधान कार्यालय उद्घाटन

२०७४, २६ जेष्ठ शुक्रबार ०२:१९


नन्दराम जैशी/जेठ २६, जुम्ला । कर्णाली कला केन्द्र जुम्लाको प्रधान कार्यालय बिहिबार जुम्ला बजारमा उद्घाटन गरीएको छ । 

एक औपचारीक कार्यक्रमकाबिच केन्द्रका सल्लाहकार मेनका पँछाइको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरीएको हो । कला केन्द्रले जुम्ला सहित कर्णालीको कला संस्कृति, खेल र पर्यटन प्रर्बद्धन तथा संरक्षण गर्नुका साथै कर्णालीलाइ विश्वसामु चिनाउने पहल गर्ने केन्द्रका संस्थापक अध्यक्ष राज बहादुर शाहिले बताउनुभयो । 

कार्यालय उद्घाटनसँगै कर्णाली कला केन्द्रले औपचारीक रुपमा आफ्नो काम शुरु गरेको घोषणा गर्दै कला केन्द्रको काममा समन्वय र सहयोग गर्न केन्द्रका उपाअध्यक्ष नन्दराम जैशीले सबैलाइ अपिल गर्नुभयो ।

कार्यालय उद्घाटन समारोहमा सहभागि विभिन्न निकायका ब्यक्तिहरुले जुम्लाको कला संस्कृति संरक्षणमा कला केन्द्रले थालेको प्रयास सहरानिय भएको भन्दै शुभकामना सहित आगामि दिनमा सहयोग समन्वयको भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । सोहि अवसरमा बोल्दै केन्द्रका सल्लाहकार मेनका पँछाइले कर्णाली कला केन्द्रलाइ आफ्ना एजेण्डामा अडिक रहन सुझाब दिदै संस्थाको उदेश्य प्राप्तीका लागि आफु निरन्तर साथमा रहने बचन दिनुभयो । 

कर्णालीको इतिहाँस र सभ्यताको जति चर्चा परिचर्चा भएपनि त्यसको संरक्षण प्रर्बद्धनका लागि राज्यबाट प्रभावकारी पहल नभएको स्थीतिमा कला केन्द्रले थालेको पहल सफल हुने उहाले बताउनुभयो । 

कला र संस्कृतिको प्रस्तुति मार्फत देश विकासमा सकारात्मक परिवर्तन ल्याउन सकिने भन्दै त्यसको शुरुवात कर्णाली कला केन्द्रबाट हुनुपर्ने सल्लाहकार मेनका पँछाइको भनाइ छ । कर्णालीको खस सभ्यता र पहिचानको दस्ताबेज राख्दै त्यसको उजागर गरी कर्णालीलाइ विश्वसामु चिनाउने पहल गर्न केन्द्रका पदाधिकारीलाइ उहाले सुझाब दिनुभयो । 

सल्लाहकार सुरेश भण्डारीले जुम्लाको कला संस्कृति विद्यार्थिको थेसिसको बिषयबस्तु बनेको भन्दै त्यसको अध्ययन, अनुसन्धान गरी सोहि अनुसार डकुमेन्ट्री सहितका कार्यक्रम संचालन गर्न अनुरोध गर्नुभयो । 

सल्लाहकार हेम बहादुर बुढ्थापाले जुम्लाको कला संस्कृतिको संरक्षण गर्दै पर्यटन विकासमा भुमिका खेल्नुपर्ने बताउदै त्यसले समग्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । त्यस्तै कला केन्द्रका सल्लाहकार हिक्मत बुढ्थापाले सकारात्मक कुराको परिवर्तनका लागि काम गर्ने पहल शुरु भएको बताउदै कला केन्द्र संचालनमा ल्याउने युवाहरुको टिमले भावि दिनमा जिल्लाको विकाससँगै परिवर्तनमा भुमिका खेल्ने तर्क गर्नुभयो । 

कार्यालय उद्घाटन समारोहमा सहभागि ब्यक्तिहरुले कला केन्द्रको उदेश्य पुरा गर्न चुनौति र संभावना दुबै बराबर रहेको बताउदै खस संस्कृति विश्वसामु चिनाएर आन्तरीक तथा बाह्रय पर्यटक भित्राउने पहल गर्न अनुरोध गरेका छन् । जिल्ला स्थीत सरोकारवाला निकाय र पत्रकारहरुको सहभागितामा कार्यालय उद्घाटन भएको केन्द्रका कोषाअध्यक्ष सारदा पँछाइले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल