आदित्य दाहाल/जेठ २६, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आदित्य दाहाल/जेठ २६, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । 

"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्ची आयोजना: सिन्धुपाल्चोकका स्थानीयवासीको आफ्नै पीडा

२६ जेष्ठ २०७४, शुक्रबार ०२:२४


आदित्य दाहाल/जेठ २६, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । 

आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ । 

सुरुङबाट निस्किएको माटोढुङ्गा (मकिङ) ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्न थालेको छ । यसरी मकिङ खोलामा फाल्न थालेपछि त्यस वरपरका बासिन्दा बर्खामा खोला थुनिएर बगाउला कि भन्ने त्रासमा छन् । स्थानीयवासी आशा गुरुङको सुरुङबाट निस्किएको माटोढुङ्गाको थुप्रोले घरै पुरिने खतरा रहेको बताउनुहुन्छ । 

सुरुङ निर्माणको काम छिटो सक्ने बहानामा ठेकेदार कम्पनी सिएमसीले अव्यवस्थित रुपमा खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुङ्गाको पहाड बनाएको छ । यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्नेछ । आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको स्थानीयवासी निमा लामा शेर्पा बताउनुहुन्छ । 

सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको उचित व्यवस्थापनको विषयमा स्थानीयस्तरबाट पनि आवाज उठेका छन् तर हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा नवनिर्वाचित मिङमार लामासहितको टोलीलाई आयोजनाले सुङङभित्र जान दिएको थिएन । वडाध्यक्ष लामा भन्नुहुन्छ, ‘स्थानीयवासीलाई आयोजनाका कारण उत्पन्न त्रास हटाउन ठेकेदार पक्ष गम्भीर हुनुपर्छ । त्यसका लागि सबै लाग्न आवश्यक छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा