२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लिखु गाउँपालिकाका अध्यक्षद्वारा तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा

२०७४, २६ जेष्ठ शुक्रबार ०२:३२

जेठ २६, नुवाकोट । लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताउनुभयो । 

“दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।” 

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ । 

यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उहाँले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु