२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा लागुऔषधसहित १८ बर्षीय युवक पक्राउ

२०७४, २६ जेष्ठ शुक्रबार ०६:५२

जेठ २६, बागलुङ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । 

भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षका हरिजनलाई बागलुङ नगरपालिका-१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । 

हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनिलकुमार खड्काले जानकारी दिनुभयो । हरिजन भारतबाट लागुऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय थिए । “लागुऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ”, प्रनाउ खड्काले भन्नुभयो, “प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।” गत मङ्गलबार मात्रै लागुऔषधसहित तीन युवकलाई प्रहरीले बागलुङ–पर्वत सीमास्थल मालढुङ्गाबाट पक्रेको थियो । 

तीमध्ये एक युवक बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता छन् । बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा प्रहरीको नियन्त्रणमा छन् । उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीन, फेनार्गन चार एम्पुल, नाइट्राजेपाम तीन र चार थान सुई प्रहरीले बरामद गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल