चैत १२, बाजुरा । जीपको ठक्करबाट बाजुराको बडिमालीकामा एक बालकको ज्यान गएको छ ।
जगन्नाथ गाविस ६ बस्ने मन दमाइका ५ वर्षीय छोरा आदेश नेपालीको जीपको ठक्करबाट ज्यान गएको हो । बडिमालिका नगरपालिका ५ तिपाडामा से १ ज ५५४ नम्बरको जीपको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।
बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ । चालक टेकबहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छोरा आदेशलाई सडकमै छाडेर बालकका बुवा मन दमाइले खाना खान होटलमा बसेकाबेला जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।