६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पहिलो पटक युवा प्रतिभा पहिचान हुने

२६ जेष्ठ २०७४, शुक्रबार १२:३७

जेठ २६, डडेल्धुरा । डडेल्धुराका युवाहरुमा रहेका प्रतिभा पहिचान गर्न जिल्लामा पहिलो पटक युवा प्रतिभा पहिचान प्रतियोगिता हुने भएको छ । युवाहरु भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न युवा प्रतिभा पहिचान अर्थात युथ ट्यालेन्ट हन्ट हुने भएको हो ।

उक्त प्रतियोगिता नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगतको जिल्ला युवा समिति कार्यालय डडेल्धुराको आयोजनामा हुन गईरहेको छ ।

कार्यालयको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रम युवा प्रतिभा पहिचान अन्तरगत राष्ट्रका प्रतिभान युवाहरुको हक हित संरक्षण, संम्र्वद्धन तथा विकासको क्षेत्रमा सक्रिय युवारुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागेको जिल्ला युवा समिति कार्यालय डडेल्धुराका कार्यालय प्रमुख बसन्त कुमार खत्रीले जानकारी दिएका छन् ।

युवाहरुमा रहेका प्रतिभाहरु एवंम सिर्जनशिलताको कदर गर्दे उनीहरुमा सकारात्मक र रचनात्मक क्षमताकोे विकास गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको जिल्ला युवा समिति कार्यालय डडेल्धुराका प्रमुख खत्रीले बताए ।

प्रतियोगितामा जिल्लामा रहेका १६ देखि ४० वर्ष उमेर समुहका युवाहरुले विभिन्न विधामा रहेर आफ्नो प्रतिभा देखाउन सक्ने आयोजकले जनाएको छ । आफु भित्रै प्रतिभा लुकाएर बसेका र अवसर नपाएका प्रतिभान युवाहरुका लागी यो सुनौलौ अवसर हुने समेत आयोजकको दावी छ ।

लेखन, संगीत, कला, अध्ययन, र बैज्ञानिक आविस्कार गरी पाँच वटा विधाहरु समावेश हुनेछन् । जस अन्तरगत लेखन विधामा युवाको क्षेत्रमा उपयोगी कविता, निवन्ध वा परियोजना प्रस्ताबना लेखन, संगितमा युवाको क्षेत्रमा उपयोगी संगित, गायन वा नृत्य यस्तै कला विधामा चित्रकला, मुर्तिकला वा अभिनय जस्ता क्षेत्रहरु रहेका छन् । 

यस्तै अध्ययन विधामा अनुसन्धान एव्म नविनतम् तथा सिर्जनशिल कार्य, वैज्ञानिक आविस्कार अन्तरगत यन्त्र तथा उपकरण निर्माण, युवा उपयोगी मोवायल एप्स, कम्प्युटर सफ्टवेयर निर्माण वा आधुनिक अन्वेशण आदी रहेका छन् । 

प्रतियोगितामा युवाहरुले उल्लेखित विधाहरुमा जुन क्षेत्रको प्रतिभा आफु भित्र रहेको छ सोही अनुसार प्रतिभा देखाउन सक्ने जिल्ला युवा समिति कार्यालय डडेल्धुराका अध्यक्ष भरत मल्लले बताए । सहभागीता जनाउन चाहने जिल्ला स्थित सम्पुर्ण ईच्छुक युवाहरुले यहि जेठ ३० गते भित्र कार्यालयमा निवेदन पेश गर्नहुन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा