नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशास"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ३ सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल, को को परे ?

२८ जेष्ठ २०७४, आईतवार ०२:१८

नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेपनि निर्णय बिपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स आज ट्राफिक प्रहरीले जफल गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आज पहिलो सार्वजनिक बिदा तथा शनिबारको दिन पुर्व स्वीकृति नलिएर संचालन हुने ३ वटै सरकारी मोटरसाइकल रहेका छन् । जसमा जिल्ला कृषि विकास कार्यालय जुम्लाको बा १ ब ६७२२ नं को मोटरसाइकल, कृषि अनुसन्धान केन्द्र बागवानि राजिकोटको ना १ ब १८८२ नं को मोटरसाइकल र कनकासुन्दरी गाँउपालिकाको क १ ब २९ नं को मोटरसाइकल पहिलो सार्वजनिक बिदाको दिनमै कारबाहिमा परेका छन् । आज कारबाहिमा परेका ३ वटै मोटरसाइकल चालक तथा कर्मचारीलाइ प्रचलित कानुन बमोजिम विभागिय कारबाहि गरीने भएको छ ।            

जुम्लामा रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा संचालित चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु अब सार्वजनिक बिदाको दिन अनुमति बिना संचालन गर्न नपाइने भएको हो । यसअघिका बर्षौ दिनहरुमा जुम्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु सार्वजनिक बिदाको दिनमा पनि जथाभावि संचालन हुने गरेको पाइएपछि अबदेखि अनुमति बिना सार्वजनिक बिदाको दिन त्यस्ता सवारी साधान संचालन गर्न नपाइने भएको छ ।

सरकारी तथा गैर सरकारी कार्यालयका सवारी साधानहरु जुम्लामा जथाभावि चलाएको र कर्मचारी बाहेक दोस्रो ब्यक्तिले चलाएको पाइएको हुँदा केन्द्रको आदेश अनुसार अबदेखि अनुमति बिना चल्न नदिइने जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कर्मचारीको परिचय पत्र, लाइसेन्स र अनुमति पत्र बेगर आगामि दिनमा त्यस्ता सवारी साधान चलाएको पाइएमा सवारी साधान नियन्त्रणमा लिइने ट्राफिक प्रहरीले जनाएको छ । आगामि दिनमा सरकारी सवारी साधानहरु जिल्ला छाडि बाहिर कामका लागि प्रयोग गर्नुपरेमा पुर्व स्वीकृति लिएर मात्र प्रयोग गर्न अनुरोध गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या