नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशास"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ३ सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल, को को परे ?

२०७४, २८ जेष्ठ आईतवार ०२:१८

नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेपनि निर्णय बिपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स आज ट्राफिक प्रहरीले जफल गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आज पहिलो सार्वजनिक बिदा तथा शनिबारको दिन पुर्व स्वीकृति नलिएर संचालन हुने ३ वटै सरकारी मोटरसाइकल रहेका छन् । जसमा जिल्ला कृषि विकास कार्यालय जुम्लाको बा १ ब ६७२२ नं को मोटरसाइकल, कृषि अनुसन्धान केन्द्र बागवानि राजिकोटको ना १ ब १८८२ नं को मोटरसाइकल र कनकासुन्दरी गाँउपालिकाको क १ ब २९ नं को मोटरसाइकल पहिलो सार्वजनिक बिदाको दिनमै कारबाहिमा परेका छन् । आज कारबाहिमा परेका ३ वटै मोटरसाइकल चालक तथा कर्मचारीलाइ प्रचलित कानुन बमोजिम विभागिय कारबाहि गरीने भएको छ ।            

जुम्लामा रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा संचालित चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु अब सार्वजनिक बिदाको दिन अनुमति बिना संचालन गर्न नपाइने भएको हो । यसअघिका बर्षौ दिनहरुमा जुम्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु सार्वजनिक बिदाको दिनमा पनि जथाभावि संचालन हुने गरेको पाइएपछि अबदेखि अनुमति बिना सार्वजनिक बिदाको दिन त्यस्ता सवारी साधान संचालन गर्न नपाइने भएको छ ।

सरकारी तथा गैर सरकारी कार्यालयका सवारी साधानहरु जुम्लामा जथाभावि चलाएको र कर्मचारी बाहेक दोस्रो ब्यक्तिले चलाएको पाइएको हुँदा केन्द्रको आदेश अनुसार अबदेखि अनुमति बिना चल्न नदिइने जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कर्मचारीको परिचय पत्र, लाइसेन्स र अनुमति पत्र बेगर आगामि दिनमा त्यस्ता सवारी साधान चलाएको पाइएमा सवारी साधान नियन्त्रणमा लिइने ट्राफिक प्रहरीले जनाएको छ । आगामि दिनमा सरकारी सवारी साधानहरु जिल्ला छाडि बाहिर कामका लागि प्रयोग गर्नुपरेमा पुर्व स्वीकृति लिएर मात्र प्रयोग गर्न अनुरोध गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल