(कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोम"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोम"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

२०७४, २८ जेष्ठ आईतवार ०९:२१

(कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ? 

माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ । 

कन्सल्टेन्ट, युरोलोजिस्ट डा दीपक रौनियार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ । चिकित्सकका अनुसार अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ । 

शिक्षण अस्पताल महाराजगन्जका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता समस्या देखिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुकासाथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।” 

खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि गएका युवालाई प्रोस्टेटको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सक बताउँछन् । 

“प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिएको लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,” डा रौनियारले भन्नुभयो । 

चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन त्यसपछि प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्र्पक गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा (काजु, पेस्ता, बदाम, ओखरलगायत) खाने गर्नुपर्ने सम्बद्ध चिकित्सक बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली