सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिए"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सरसफाई सप्ताह, विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरियो

२८ जेष्ठ २०७४, आईतवार १५:४२


सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिएको हो । 

समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाइकार्यक्रमलाई अभियानमा मात्र नभई कायान्वयन गर्दै गएकोल समेत बताएका छन् । कार्यक्रमा बोल्दै प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी यदुनाथ पौडेलले गरिवि बेरोजगारी र आर्थिक अभावले सरसफाईलाई असर पारेको बताउनु भएको छ । आर्थिक अभावमै भए पनि समुदाय आफै सरसफाईमा जुत्दै गएको समेत बताउनु भएको हो । कार्यक्रमा गैरसरकारी महाँसंघ प्यूठानको उपाध्यक्ष तिएस गुरुङ, जिल्ला पत्रकार महाँसंघका प्यूठानका अध्यक्ष महाविर राना, खानेपानी तथा सरसफाई उपभोक्त महासंघ प्यूठानको अध्यक्ष राम पहाडी, जिल्ला बालकल्याण समिति प्यूठानका अध्यक्ष मेघराज भट्ट, नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा प्यूठानका मन्त्रि दामोदर सर्मा, पानी परियोजनाका सिता पाण्डे लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।


विभिन्न सरोकारवाला संस्थाको सहकार्यमा जिल्ला भर विभिन्न सरसफाई तथा सचेतना मुलक कार्यक्रम गरिएको हो । जसमा जेष्ठ २२ गते सदरमुकाममा सरसफाई नारा सहित प्रभात फेरी गरि उद्घाटन गरिएको कार्यक्रममा २३ गते गौमुखि मावि ठुलावेशिमा पुर्ण सरसफाइमा विधार्थिको भुमिका विषेश बतृत्वकला, २४ गते शिद्धमावि जुम्रिकाढामा र्यालि तथा वतृत्वकला, २५ गते जनता मा.वि बाग्दुलामा पुर्ण सरसफाइमा विधार्थिको भुमिका विशेष बतृत्वकला, गावै माव डामृमा सरसफाइ सम्वन्धि हाजीरी जवाफ प्रतियोगिता, मर्काबाङ माविमा विधार्थि र शिक्षकलाई पुर्ण सरसफाई सम्वन्धि अभिमुखिकरण कार्यक्रम, जेष्ठ २६ गते गंगा मावि बाहानेमा बतृत्वकला कार्यक्रम, दुर्गा मावि खवाङमा सरसफाई सम्वन्धि लोकगित, मर्कावाङमा वालक्लवलाई महिनावारी स्वच्छता सम्वन्धि अभिमुखिकरण र विधालय कम्पाउण्ड सरसफाई , भिगृमा स्यानेटरी प्याड बनाउने तालिम ५ दिन सम्म सञ्चालन गरियो । र जेष्ठ २८ गते रजवारामा विधार्थि शिक्षक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई जिल्ला खाने पानी तथा सरसफार्ई डिभिजन कार्यालय, पानी परियोजना,फेडवासन, सुआहारा, पहलकार्यक्रम लगायतले सहकार्य गरि जिल्लाभर सरसफाई अभियान सञ्चलन गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता खानेपानी स्वच्छता समन्वय समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद बस्याल रहनु भएको थियोस्वागत मन्तव्य जिल्ला खाने पानी तथा सरसफार्ई डिभिजन कार्यालयका भगवता पोख्र्लले राख्नु भएको थियो भने सञ्चालन पश्चिमनेपाल खानेपानी तथा सरसफाई परियोजनाका प्रमोदलाला श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा गन्धर्भ जातीले सरसफाईमुलक साङ्गितिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या