सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिए"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सरसफाई सप्ताह, विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरियो

२०७४, २८ जेष्ठ आईतवार १५:४२


सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिएको हो । 

समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाइकार्यक्रमलाई अभियानमा मात्र नभई कायान्वयन गर्दै गएकोल समेत बताएका छन् । कार्यक्रमा बोल्दै प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी यदुनाथ पौडेलले गरिवि बेरोजगारी र आर्थिक अभावले सरसफाईलाई असर पारेको बताउनु भएको छ । आर्थिक अभावमै भए पनि समुदाय आफै सरसफाईमा जुत्दै गएको समेत बताउनु भएको हो । कार्यक्रमा गैरसरकारी महाँसंघ प्यूठानको उपाध्यक्ष तिएस गुरुङ, जिल्ला पत्रकार महाँसंघका प्यूठानका अध्यक्ष महाविर राना, खानेपानी तथा सरसफाई उपभोक्त महासंघ प्यूठानको अध्यक्ष राम पहाडी, जिल्ला बालकल्याण समिति प्यूठानका अध्यक्ष मेघराज भट्ट, नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा प्यूठानका मन्त्रि दामोदर सर्मा, पानी परियोजनाका सिता पाण्डे लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।


विभिन्न सरोकारवाला संस्थाको सहकार्यमा जिल्ला भर विभिन्न सरसफाई तथा सचेतना मुलक कार्यक्रम गरिएको हो । जसमा जेष्ठ २२ गते सदरमुकाममा सरसफाई नारा सहित प्रभात फेरी गरि उद्घाटन गरिएको कार्यक्रममा २३ गते गौमुखि मावि ठुलावेशिमा पुर्ण सरसफाइमा विधार्थिको भुमिका विषेश बतृत्वकला, २४ गते शिद्धमावि जुम्रिकाढामा र्यालि तथा वतृत्वकला, २५ गते जनता मा.वि बाग्दुलामा पुर्ण सरसफाइमा विधार्थिको भुमिका विशेष बतृत्वकला, गावै माव डामृमा सरसफाइ सम्वन्धि हाजीरी जवाफ प्रतियोगिता, मर्काबाङ माविमा विधार्थि र शिक्षकलाई पुर्ण सरसफाई सम्वन्धि अभिमुखिकरण कार्यक्रम, जेष्ठ २६ गते गंगा मावि बाहानेमा बतृत्वकला कार्यक्रम, दुर्गा मावि खवाङमा सरसफाई सम्वन्धि लोकगित, मर्कावाङमा वालक्लवलाई महिनावारी स्वच्छता सम्वन्धि अभिमुखिकरण र विधालय कम्पाउण्ड सरसफाई , भिगृमा स्यानेटरी प्याड बनाउने तालिम ५ दिन सम्म सञ्चालन गरियो । र जेष्ठ २८ गते रजवारामा विधार्थि शिक्षक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई जिल्ला खाने पानी तथा सरसफार्ई डिभिजन कार्यालय, पानी परियोजना,फेडवासन, सुआहारा, पहलकार्यक्रम लगायतले सहकार्य गरि जिल्लाभर सरसफाई अभियान सञ्चलन गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता खानेपानी स्वच्छता समन्वय समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद बस्याल रहनु भएको थियोस्वागत मन्तव्य जिल्ला खाने पानी तथा सरसफार्ई डिभिजन कार्यालयका भगवता पोख्र्लले राख्नु भएको थियो भने सञ्चालन पश्चिमनेपाल खानेपानी तथा सरसफाई परियोजनाका प्रमोदलाला श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा गन्धर्भ जातीले सरसफाईमुलक साङ्गितिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल