सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बाल विवाह हटाउन धामी झाँकीको पनि साथ

२९ जेष्ठ २०७४, सोमबार ०८:००


सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका लागी देवता चलाउन, हात हेराउन आउनेहरु संग अहिले देवी देवताका धामीहरु र अन्य धर्मगुरुहरुले पनि बाल विवाह नगर्न सुझाव दिदै आएका छन् । युनिसेफको आर्थिक सहयोगमा निरन नेपाल संस्थाले जिल्लाका ५ वटा साविकका गाविस र देशभर ११ वटा जिल्लामा बाल विवाह न्यूनिकरणका लागी पहल गर्दै आएपछि यसमा सुधार भई रहेको छ  । 

संस्थाले हामीहरु लाई तालीम दिएपछि हाम्रो पनि विचार धारणामा सुधार आएको नवादेउ देवताका धामी देव बहादुर थापाले भने अहिले म पनि गाँउघरमा बाल विवाह छाउपडि हटाउन लागी परेको छु । उनले भने गाउँमा मानिसहरु विवाहको लागी के कस्तो छ भनि धामी चलाउन आउँदाँ उमेर नपुगेका लाई  विवाह रोक्न लगाएका छौ । 

थलारा कुच घर भएका धामी देव थापा जस्तै अन्य ज्योतीस तथा देवताधामीहरुले पनि छाउपडि पर्था  र बाल विवाहमा कमी ल्याउन जनचेतना दिदै छन्  । 

निरन संस्थाले सोमबार चैनपुरको एक होटलमा बाल विवाह अन्त्य गर्नका लागी धर्म गुरुको भुिमका विषयक संचारकर्मीहरु संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा अन्र्तर धार्मिक राष्ट्रिय संञ्जालका लोकन्द्र विष्टले संस्थाले हाल सम्म जिल्लामा गरेको क्रियाकलाप वारे जानकारी दिए । 

बिष्ट जस्तै अन्र्तर धार्मिक राष्ट्रिय संञ्जालका राजु पुरकुटीले बाल विवाह न्यूनिकरण गर्ने कार्यक्रम बझाड जस्तै अन्य जिल्लामा पनि कार्यक्रम भएको जानकारी दिए । जिल्लाका संचारकर्मीहरुले पनि बाल विवाह न्यूनिकरणका लागी सरकारी गैरसरकारी निकाय संग काम गर्ने वताए । हाल जिल्लामा निरन संस्था जस्तै विभिन्न संघ संस्थाले पनि बाल विवाह तथा छुवाछुत सम्बन्धि गाउँ गाउँमा गएर विभिन्न जनचेतना मुलक कार्यक्रम गर्नाले बालविवाह, छाउपडी जस्ता सामाजिक कुरितीमा सुधार हुदै आएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या