जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण को"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ थलारावासी खोलाको धमिलो पानी पिउन बाध्य

२०७४, २९ जेष्ठ सोमबार ०८:२२


 जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण कोटभैरव गाँउका स्थानिय संग बैशाख जेठ र असारमा तीन महिना दैनिक दुई घण्टा पानी दिने सहमति अनुसार २०५७ सालमा खानेपानी निमार्ण भएको थियो । 

शुद्ध पिउने पानी पुगे पछि हर्षित भएका थलारावासी फागुन देखि शुद्ध खानेपानी पिउन बाट बञ्चित भएका हुन । खानेपनी योजनाको मर्मत संभार नहुदा स्थानीय खोलाको फोहर पानी पिउन बाध्य छन । अहिले थलाराका १८० घरपरिवार लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारीहरु नजिकैको गोमति खोलाको धमिलो पानी पिई रहेका छन् । लुगाकपडा धुने, खाना पकाउने, नुहाउने, गाईवस्तुलाई दिने, तरकारी बारी सिँचाइ गर्ने देखि पिउने पानीको रुपमा खोलाको दुषित पानी प्रयोग गर्न थालेका छन् । 

अहिले वर्षात्को समय भएकाले पानी झनै फोहोर हुने भए पनि बाध्य भएर खोलाको पानी प्रयोग गर्नुपरेको हो । कोभैरव गाउँमा खानेपानी अवरुद्ध हुँदा स्थानीय खोलाको दुषित पानी पिउन बाध्य भएका हुन । सडक निमार्ण गर्ने क्रममा डोजरले खानेपानीको पाईपमा क्षति पुगे पछि यहाँका स्थानियवासिन्दाहरु घन्टाँै हिडेर नजिकै खोलाको धमिलो पानीे पिउन बाध्य भएको थलाराका विष्णु सिंहले बताए । 

थलारावासीलाई दिनदिनै पिउने पानीको पिरलो छ । साँझ विहान पानीका भाँडा बोकेर खोलाको पानी भर्न पनि लाईन बस्नुपर्ने बाध्यता यहाँका स्थानियहरुको छ । पानी नहुँदा अहिले जथाभावि दिसापिसाव गर्नाले गाँउ फोहोर हुदै गएको छ । थलाराकी मिठु वादीले भनिन पानी ल्याउन १ घण्टा हिडेर जानु पर्छ तै पनि पानी फोहोर हुन्छ आफुलाई पनि गाईवस्तु लाई पनि पानी ल्याउन सकिदैन । पानी अभावका कारण विद्यालयमा पानीको व्यवस्था नहुँदा चर्पी फोहोर हुने हुदा चर्पीमा ताला लगाउनु परेको बाध्यता रहेको थलारा उच्च मा.वि का प्रार्चाय हर्क रोकायाले जानकारी दिनु भयो । 

फोहर पानीको प्रयोगका कारण जिल्लामा बिभिन्न रोगको प्रकोप फैलन थालेको छ ।  लगातार ४ महिना देखी खोलाको फोहोर पानी पिउदाँ विभिन्न खाले पानी जन्य रोगका विरामिहरु बढदै गएका छन् । दुषित पानी पिउनाले पेटदुख्ने झाडा पखाला, आँउ पत्थरी ठेउला लगायतका विरामीहरु संख्या स्वास्थ्य संस्थामा बढदै गएको कोटभैरव स्वास्थ्य चौकिका ईन्र्चाज रमेश बुढाको भनाई छ । पुर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गरेको भए पनि पानी अभावका कारण अहिले गाँउमा हिडनै गारो भएको छ । 

यदि यस्तो अवस्था अझै रहिरहने हो भने बर्षातको समयमा यस क्षेत्रमा माहामारीको समस्या आई पर्ने देखिन्छ । त्यसैले यस क्षेत्रको खानेपानीको व्यवस्थापनमा समयमै सम्बन्धित निकायको ज्यान जानु आवश्यक छ । मकराराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल