जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण को"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ थलारावासी खोलाको धमिलो पानी पिउन बाध्य

२९ जेष्ठ २०७४, सोमबार ०८:२२


 जेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । 

आफ्नै खानेपानीको मुहान नभएका कारण कोटभैरव गाँउका स्थानिय संग बैशाख जेठ र असारमा तीन महिना दैनिक दुई घण्टा पानी दिने सहमति अनुसार २०५७ सालमा खानेपानी निमार्ण भएको थियो । 

शुद्ध पिउने पानी पुगे पछि हर्षित भएका थलारावासी फागुन देखि शुद्ध खानेपानी पिउन बाट बञ्चित भएका हुन । खानेपनी योजनाको मर्मत संभार नहुदा स्थानीय खोलाको फोहर पानी पिउन बाध्य छन । अहिले थलाराका १८० घरपरिवार लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारीहरु नजिकैको गोमति खोलाको धमिलो पानी पिई रहेका छन् । लुगाकपडा धुने, खाना पकाउने, नुहाउने, गाईवस्तुलाई दिने, तरकारी बारी सिँचाइ गर्ने देखि पिउने पानीको रुपमा खोलाको दुषित पानी प्रयोग गर्न थालेका छन् । 

अहिले वर्षात्को समय भएकाले पानी झनै फोहोर हुने भए पनि बाध्य भएर खोलाको पानी प्रयोग गर्नुपरेको हो । कोभैरव गाउँमा खानेपानी अवरुद्ध हुँदा स्थानीय खोलाको दुषित पानी पिउन बाध्य भएका हुन । सडक निमार्ण गर्ने क्रममा डोजरले खानेपानीको पाईपमा क्षति पुगे पछि यहाँका स्थानियवासिन्दाहरु घन्टाँै हिडेर नजिकै खोलाको धमिलो पानीे पिउन बाध्य भएको थलाराका विष्णु सिंहले बताए । 

थलारावासीलाई दिनदिनै पिउने पानीको पिरलो छ । साँझ विहान पानीका भाँडा बोकेर खोलाको पानी भर्न पनि लाईन बस्नुपर्ने बाध्यता यहाँका स्थानियहरुको छ । पानी नहुँदा अहिले जथाभावि दिसापिसाव गर्नाले गाँउ फोहोर हुदै गएको छ । थलाराकी मिठु वादीले भनिन पानी ल्याउन १ घण्टा हिडेर जानु पर्छ तै पनि पानी फोहोर हुन्छ आफुलाई पनि गाईवस्तु लाई पनि पानी ल्याउन सकिदैन । पानी अभावका कारण विद्यालयमा पानीको व्यवस्था नहुँदा चर्पी फोहोर हुने हुदा चर्पीमा ताला लगाउनु परेको बाध्यता रहेको थलारा उच्च मा.वि का प्रार्चाय हर्क रोकायाले जानकारी दिनु भयो । 

फोहर पानीको प्रयोगका कारण जिल्लामा बिभिन्न रोगको प्रकोप फैलन थालेको छ ।  लगातार ४ महिना देखी खोलाको फोहोर पानी पिउदाँ विभिन्न खाले पानी जन्य रोगका विरामिहरु बढदै गएका छन् । दुषित पानी पिउनाले पेटदुख्ने झाडा पखाला, आँउ पत्थरी ठेउला लगायतका विरामीहरु संख्या स्वास्थ्य संस्थामा बढदै गएको कोटभैरव स्वास्थ्य चौकिका ईन्र्चाज रमेश बुढाको भनाई छ । पुर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गरेको भए पनि पानी अभावका कारण अहिले गाँउमा हिडनै गारो भएको छ । 

यदि यस्तो अवस्था अझै रहिरहने हो भने बर्षातको समयमा यस क्षेत्रमा माहामारीको समस्या आई पर्ने देखिन्छ । त्यसैले यस क्षेत्रको खानेपानीको व्यवस्थापनमा समयमै सम्बन्धित निकायको ज्यान जानु आवश्यक छ । मकराराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या