६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय

३० जेष्ठ २०७४, मंगलवार ०२:२५

नन्दराम जैशी/जेठ ३०, जुम्ला । जुम्लाका सरोकारवाला निकायले जिल्लामा संचालित होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय गरेका छन् । 

कुनै पनि निकायद्धारा होटेलहरुमा हुने कार्यक्रमका अवसरमा बालबालिकाले ल्याएको खाजा नास्ता नखाने जुम्लाका सरोकारवाला निकायले निर्णय गरेका हुन् । विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा महिला तथा बालबालिकाको कार्यालयमा आज दिउसो बसेको बैठकबाट यस्तो निर्णय गरीएको हो ।

जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षमा बसेको बैठकले बाल श्रमिक रहित होटल लेखेको साइनबोर्ड टास्ने जुम्लाका होटलहरुलाइ प्रोत्साहन गर्ने निर्णय गरेको छ । साथै स्थानिय निकाय र जिल्ला बाल कल्याण समितिको समन्वयमा जुम्लाका होटल, ग्यारेज र यातायातमा संयुक्त अनुगमन गर्ने र अनुगमन पछि बाल श्रमिक रहेको पाइएमा कानुन बमोजिम कारबाहि गर्ने निर्णय पारीत भएको महिला तथा बालबालिका कार्यालय जुम्लाका सुचना अधिकृत बिन्दु कँवरले बताउनुभयो ।

जिल्लाका जुनसुकै निकायमा बाल बालिकालाइ श्रममा लगाइएको पाइएमा देख्नुहुने जो सुकै ब्यक्तिले प्रहरी, प्रशासन, महिला तथा बालबालिकाको कार्यालय, संचार माध्ययम तथा अन्य सम्बन्धीत सरोकारवाला निकायलाइ जानकारी दिएर उद्धार कार्यमा सहयोग पुर्याउन अपिल गरीएको छ । 

देशभर बालश्रम विरुद्धको दिवस मनाइए पनि जुम्लामा भने हालसम्म के कति बालबालिकाले कुन कुन ठाँउमा बाल श्रमीकका रुपमा काम गरी रहेका छन् भन्ने तथ्यांक छैन । तर जुम्लाका होटल, ग्यारेज, सार्वजनिक यातायात लगाएतका स्थानमा बालबालिकाहरुले बाल श्रमिकका रुपमा काम गरीरहेको पाइएको छ ।    

यस वर्षको बालश्रम विरुद्धको नारा द्धन्द्ध र विपदमा बालबालीकालाई बालश्रमबाट संरक्षण गरौं भन्ने तय गरिएको थियो । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।  

नेपालमा डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने सरकारको साझा लक्ष्य छ । यो लक्ष्य पुरा गर्न सबैको दायित्व महत्वपुर्ण हुने देखिएको छ ।     

जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा बौद्धिक समस्यामा पर्दै आएका छन् । आज सम्पन्न भएको बैठकमा जिल्ला स्थीत सरकारी तथा गैर सरकारी निकायका प्रमुख एंव प्रतिनिधि, प्रहरी, संचारकर्मि लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या