२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तेल नहुदाँ बसपार्कमै थन्किए यातायातका साधन

२०७२, १५ कार्तिक आईतवार ०३:०३

सम्राट सिंह । कात्तिक १५, बझाङ । भारतले गरेको अघोषित नाका बन्दीले तेल अभाव भएपछि यसको प्रभाव हिमाली जिल्ला बझाङमा पनि परेको छ । तराईका जिल्लावाट तेल भरेर बझाङ आउने यातायातका साधनहरु लाई आवस्यक मात्रामा तेल नपुग्दाँ बसहरु तथा जीपहरु सिमखेत बसपार्कमै थन्कीएका छन् । नेपाल आयल निगम धनगढी र महेन्द्रनगरले लामो दुरीका सवारी साधन लाई दिने एक सय लिटर तेलले आउन जान नपुगे पछि बझाङ आएका बसहरुले बसपार्कमै थन्कीनु परेको सदुर पश्चिम बस व्यवसायी समितिले जनाएको छ । तेल अभावका कारणले एकसाता देखी सिमखेत बसपार्कमा एक दर्जन बसहरु थन्कीएका छन् ।

bajhang indhan

फोटो क्याप्सनः तेल अभावले बझाङको सिमखेत बस पार्कमा थन्कीएका यात्रु बहाकबस

बझाङ जिल्लावाट धनगढीका लागी दैनिक पाँच र महेन्द्र नगरका लागी दैनिक पाँच गरी दश वटा बस छुट्ने भएपनि हाल तेल अभावले दैनिक दुई बसमात्र छुट्ने गरेका छन । एकसाता अगाडी धनगढीवाट तेलभरी बस लिएर बझाङ आएको थिए बस चालक पदम कुँवरले भने फिर्ता हुन गाडीमा तेल सकिए पछि अलपत्र गाडी चल्न सकेको छैन । आयल निगमको पेट्रोल पम्प समेत नभएको बझाङमा यहाँ आउने यातायातका साधानहरु तराईमा नै तेल भरेर आउने गर्दछन् । निगमले प्रति बस लाई एक सय लिटर तेल दिने गर्दछ बस व्यवसायिक समितिका जिवन कठायतले भने तर धनगढी वाट बझाङ आउदाँ जाँदा १ सय ६० लिटर तेल खान्छ कसरी आउने जाने समस्या छ । उनले तेल अभावमा कर्णाली रिर्भर यातायातका बसहरु आउन छोडेको समेत वताए । धनगढी र महेन्द्रनगरवाट बझाङ आउनका लागी आवश्यक पर्ने तेलको निकै समस्या भएकाले यातायातका साधनहरु जिल्लामा कम मात्रामा चल्न थालेपछि यात्रुलाई आवत जावत गर्न समस्या परेको छ । जिल्ला भित्र यातायात संचालन गर्दै आएको बझाड सार्वजनिक यातायातले समेत तेल नहुदाँ संचालनमा आएका ६५ वटा जिप मध्य हाल पाँच वटा मात्र संचालनमा ल्याएको छ ।

तेल अभावकै कारण एकसाता अघि बझाङ पुगेको ना ४ ख ४२९३ नम्बरको यात्रुबहाक बस सिमखेत बसपार्कमै थन्कीएको छ । यो सिजन पैसा कमाउने सिजन भएकाले दशैमा घर आएका सवै बाहिरीदै छन् बस संचालक मदन जेठाराले तेल नहुँदा घाटा लागेर साहुको किस्ता तिर्न समेत समस्या भएको बताए । गाडी कम र यात्रु बढी भएकाले पहाडी रुटमा यो समय र्दुघटना हुने जोखीम बढेको पनि उनको भनाइ छ । शनिबार बझाङ वाट धनगढी जाँदै गरेको एक यात्रुबहाक बस विच बाटोमै तेल सकिएपछि सहजपुरमा रोकिदाँ यात्रुहरु बिच बाटोमा अलपत्र परेका थिए । आयल निगमले सुदुरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाका बाट भित्रिने तेल यहाँ कम राखेर बढी काठमाण्डौमा पठाउने गरेकाले पनि यस क्षेत्रमा तेलको अभाव भएको यातायात व्यवसायिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से