२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तेल नहुदाँ बसपार्कमै थन्किए यातायातका साधन

१५ कार्तिक २०७२, आईतवार ०३:०३

सम्राट सिंह । कात्तिक १५, बझाङ । भारतले गरेको अघोषित नाका बन्दीले तेल अभाव भएपछि यसको प्रभाव हिमाली जिल्ला बझाङमा पनि परेको छ । तराईका जिल्लावाट तेल भरेर बझाङ आउने यातायातका साधनहरु लाई आवस्यक मात्रामा तेल नपुग्दाँ बसहरु तथा जीपहरु सिमखेत बसपार्कमै थन्कीएका छन् । नेपाल आयल निगम धनगढी र महेन्द्रनगरले लामो दुरीका सवारी साधन लाई दिने एक सय लिटर तेलले आउन जान नपुगे पछि बझाङ आएका बसहरुले बसपार्कमै थन्कीनु परेको सदुर पश्चिम बस व्यवसायी समितिले जनाएको छ । तेल अभावका कारणले एकसाता देखी सिमखेत बसपार्कमा एक दर्जन बसहरु थन्कीएका छन् ।

bajhang indhan

फोटो क्याप्सनः तेल अभावले बझाङको सिमखेत बस पार्कमा थन्कीएका यात्रु बहाकबस

बझाङ जिल्लावाट धनगढीका लागी दैनिक पाँच र महेन्द्र नगरका लागी दैनिक पाँच गरी दश वटा बस छुट्ने भएपनि हाल तेल अभावले दैनिक दुई बसमात्र छुट्ने गरेका छन । एकसाता अगाडी धनगढीवाट तेलभरी बस लिएर बझाङ आएको थिए बस चालक पदम कुँवरले भने फिर्ता हुन गाडीमा तेल सकिए पछि अलपत्र गाडी चल्न सकेको छैन । आयल निगमको पेट्रोल पम्प समेत नभएको बझाङमा यहाँ आउने यातायातका साधानहरु तराईमा नै तेल भरेर आउने गर्दछन् । निगमले प्रति बस लाई एक सय लिटर तेल दिने गर्दछ बस व्यवसायिक समितिका जिवन कठायतले भने तर धनगढी वाट बझाङ आउदाँ जाँदा १ सय ६० लिटर तेल खान्छ कसरी आउने जाने समस्या छ । उनले तेल अभावमा कर्णाली रिर्भर यातायातका बसहरु आउन छोडेको समेत वताए । धनगढी र महेन्द्रनगरवाट बझाङ आउनका लागी आवश्यक पर्ने तेलको निकै समस्या भएकाले यातायातका साधनहरु जिल्लामा कम मात्रामा चल्न थालेपछि यात्रुलाई आवत जावत गर्न समस्या परेको छ । जिल्ला भित्र यातायात संचालन गर्दै आएको बझाड सार्वजनिक यातायातले समेत तेल नहुदाँ संचालनमा आएका ६५ वटा जिप मध्य हाल पाँच वटा मात्र संचालनमा ल्याएको छ ।

तेल अभावकै कारण एकसाता अघि बझाङ पुगेको ना ४ ख ४२९३ नम्बरको यात्रुबहाक बस सिमखेत बसपार्कमै थन्कीएको छ । यो सिजन पैसा कमाउने सिजन भएकाले दशैमा घर आएका सवै बाहिरीदै छन् बस संचालक मदन जेठाराले तेल नहुँदा घाटा लागेर साहुको किस्ता तिर्न समेत समस्या भएको बताए । गाडी कम र यात्रु बढी भएकाले पहाडी रुटमा यो समय र्दुघटना हुने जोखीम बढेको पनि उनको भनाइ छ । शनिबार बझाङ वाट धनगढी जाँदै गरेको एक यात्रुबहाक बस विच बाटोमै तेल सकिएपछि सहजपुरमा रोकिदाँ यात्रुहरु बिच बाटोमा अलपत्र परेका थिए । आयल निगमले सुदुरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाका बाट भित्रिने तेल यहाँ कम राखेर बढी काठमाण्डौमा पठाउने गरेकाले पनि यस क्षेत्रमा तेलको अभाव भएको यातायात व्यवसायिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान