२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

३० जेष्ठ २०७४, मंगलवार ०३:३४

जेठ ३०, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । 

शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । 

आइतवार राति ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी हुनुभएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ । 

यसअघि, अर्को घटनामा जङ्गली च्याउ सेवनकै कारण रामपुर नगरपालिका–३ गैलुकमा एक हप्ता अघि पाँचजनाको मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु