नारायण ढुंगाना/जेठ ३०, चितवन । गोही, गौरीगाई र अजिंगरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । 

यसअघि, केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नारायण ढुंगाना/जेठ ३०, चितवन । गोही, गौरीगाई र अजिंगरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । 

यसअघि, केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै "/>

2026-08-31 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गोही, गौरीगाई र अजिंगरले आक्रमण गरे पनि राहत पाइने

नारायण ढुंगाना/जेठ ३०, चितवन । गोही, गौरीगाई र अजिंगरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । 

यसअघि, केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो ।

हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

यसअघि, ११ प्रजातिका वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था थियो । हालै भएको दोस्रो संशोधनले तीन प्रजाति थपेर १४ प्रजातिका वन्यजन्तु र सरीसृपले आक्रमण गरेमा राहत पाउने व्यवस्था गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाकाअनुसार २०६९ सालमा निर्देशिका जारी हुँदा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिमचितुवा, जंगलीबँदेल र अर्ना गरी ८ प्रजातिबाट आक्रमण भएमा राहत दिने व्यवस्था थियो ।

पहिलो संशोधन २०७२ ले ध्वाँसेचितुवा, ब्वाँसो र जंगली कुकुरलाईसमेत थपेर ११ प्रजातिले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थियो ।

हालै भएको संशोधन–२०७४ ले भने मगर गोही, अजिंगर र गौरीगाईसमेत थपेर १४ प्रजातिका जनावर तथा सरीसृपले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थपलियाले जानकारी दिए ।

ती वन्यजन्तु तथा सरीसृपबाट मानिस घाइते भए, उनीहरुको उपचारका लागि र मृत्यु भए उनका परिवारलाई राहत दिइने जनाइएको छ । जेठ १९ को मन्त्रिपरिषदको निर्णयअनुसार राहत रकमलाई पनि दोब्बर बनाइएको छ ।

निकुञ्जका महानिर्देशक मनबहादुर खड्काले यसले संरक्षणमा राज्यले महत्व राखेको छ भनेर बुझ्नसकिने बताए । उनले वन्यजन्तुलाई बाहिर आउन नदिन भरपुर प्रयास भएपनि घटना भइरहेकाले द्वन्द्व घटनाउन सहयोगी हुने दाबी गरे ।

अनुमति लिएर सामुदायिक वन क्षेत्रमा जाँदा र गाउँबस्तीमा आएर वन्यजन्तुले आक्रमण गरेको अवस्थामामात्रै राहत पाइनेछ ।

राष्ट्रिय निकुञ्जभित्र घटना भएमा भने राहत नपाइने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

सरकारी काममा वा अनुमति लिएर संरक्षणमा खटिएकाहरुलाई आक्रमण गरेमा भने निर्देशिकाअनुसार नै राहत उपलब्ध गराइने उल्लेख छ । राहत पाउनका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ ।

हालैको निर्णयअनुसार मृत्यु भएकाको हकमा आश्रित परिवारलाई रु १० लाख, सख्त घाइते भएमा बढीमा रु दुई लाख, सामान्य घाइते भएमा रु २० हजारसम्म उपचार राहत दिइने निकुञ्जले जनाएको छ ।

पशुधनको क्षति भएमा रु १० देखि ३० हजारसम्म, घरगोठ क्षति भएमा रु १० हजार, खाद्यान्नबाली क्षति भएमा बढीमा रु १० हजार दिइनेछ ।

वि.सं. २०७४ जेठ १९ मा सरकारको निर्णयअनुसार राहत दोब्बर बढाउने र थप तीनओटा वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था गरेको हो ।

यस्तो छ कानुनी अवस्था 

निकुञ्ज ऐन, २०२९ लगायत नेपालको कानुन तथा कुनै नियमावलीमा वन्यजन्तुको आक्रमणको राहतको विषय समावेश थिएन ।

वन्यजन्तु र स्थानीय समुदायबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ बमोजिम वन मन्त्रालयले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०६६ जारी गरेको हो ।

सोही वर्षदेखि सामान्य राहत दिन सुरु भएको थियो । त्यसलाई खारेज गरी २०६९ सालमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका जारी भएपछि केही राहत बढाइएको थियो ।

नेपाल सरकारले यो निर्देशिकालाई २०६९ सालमा माघ १८ गते स्वीकृत दिएको थियो भने २०७२ वैशाख ३१ मा पहिलो संशोधन भएको थियो ।

वि.सं. २०७३ मा निकुञ्ज ऐनको पाँचौं संशोधनले राहतको विषय समावेश गरेपछि एउटा कानुनीरुप पाएको निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने