६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा पत्रकारले राजीनामा दिन थाले

३१ जेष्ठ २०७४, बुधबार ०३:४०

जेठ ३१, उदयपुर । स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् । 

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका सङ्घका सदस्य सुपराज राईले मङ्गलबार सङ्घको वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएको पत्रकार महासङ्घ उदयपुरले बताएको छ । राईले त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनेपछि आफूले पत्रकार महासङ्घ केन्द्रको निर्देशनलाई पालना गर्दै राजीनामा दिएको बताउनुभएको छ । 

सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा रेडियो त्रियुगा एफएमका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगरले पनि राजीनामा दिने तयारीमा हुनुहुन्छ । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार दिने कारण सङ्घको केन्द्रीय नीति र निर्देशनलाई पालना गर्दै राजीनामा दिन लागेको बताउनुभयो । 

अन्यमा सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट वडाध्यक्षमा उम्मेदवार बन्ने र अर्का सङ्घका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्नेभएका कारण अब राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताउनुभयो । 

सुपराज राई नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यका उम्मेदवार बन्नुहुने भएको छ भने ईश्वर मलाम्पाकी मगर नेकपा (एमाले)बाट वडा सदस्यका उम्मेदवार हुन् । यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताउनुभएको छ । 

उदयपुरबाट चारजना पत्रकार स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । महासङ्घले महासङ्घमा आबद्ध प्रतिनिधि भए स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि अनिवार्य रुपमा राजीनामा दिनुपर्ने र दुई पदमा रहन नपाइने प्रावधान गरेपछि उदयपुरमा दश वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकारले धमाधम पत्रकारिता पेसा छाडेर स्थानीय तहको उम्मेदवारीमा सहभागी हुँदै धमाधम राजीनामा दिन थालेको सङ्घका अध्यक्ष खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या