२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

२०७४, ३१ जेष्ठ बुधबार १२:४६

सागर शर्मा/जेठ ३१, प्युठान ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि  प्युठान जिल्लामा भएका विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, कुटपिट, बलत्कार, यौन दुरव्यवार, वलत्कारको प्रयास, हत्या, गिरफ्तार लगाएतका घटनाहरुको  संकलन गरिएको छ । 

पछिल्लो ६ महिनामा प्युठानमा कुटपिटका घटना २ जना, बलत्कार, बलत्कारको प्रयास, यौन दुरव्र्यवहार बाट ५ जना, हत्या १ जना  , हिरासतमा मृत्यु १ जना र गिरफ्तार १० जनालाई गरेको तथ्यांक रहेको छ ।

 यी तथ्यांकमा अनुसार संकलन गरिएका घटनाहरुको अभिलेखको रुपमा राख्नको लागि पुस्तक प्रकाशन गर्नु भन्दा पहिले यसलाई थप विश्वसनिय बनाउन  र छुटेका कुराहरुलाई समावेश गर्नको लागि आज खंलगामा अन्र्तक्रिया कार्यक्रम गरिएको  ईन्सेक प्युठानका रविन्द्र पाण्डेले वताउनुभयो । साथै प्रत्येक वर्ष जिल्लामा घटेका मानव अधिकारका घटनाहरुलाई संकलन गरेर मानव अधिकार पुस्तक प्रकाशन गर्ने वताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मानव अधिकार भावनात्मक पक्षलाई समेटेको पक्ष भएकाले यसले मानविय क्रियाबलापमा सचेतनाको भूमिका खेलेको बताउनुभयो । साथै समाजमा घटना नघटाउनको लागि सरकारी कार्यालय सम्वोधन गर्ने समेत वताउनुभयो । 

अन्र्तक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका टंक खनाल, मानव कार्की, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल