प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रक्तदानका लागि उत्प्रेरण जगाऔँ

३१ जेष्ठ २०७४, बुधबार १३:१५

प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्डेले रक्तदानका लागि घर परिवारका सदस्यहरुलाई पनि उत्पे्ररण जगाउनु पर्ने बताउनुभएको छ । 

‘रगत दान गरौँ, अहिल्यै गरौँ, नियमिति गरौँ’ भन्ने नाराका साथ जुन १४ अर्थात आज जेठ ३१ गते १४औँ रक्तदाता दिवसका सन्दर्भमा बर्दिया जिल्ला अस्पताल परिसरमा रहेको लारी रक्त सञ्चार गुलरियामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका व्यक्तित्व पाण्डेले उपरोक्त विचार राख्नुभएको हो । 

नेपाल रेडक्रस सोसाईटी रक्तदाता उत्प्रेरणा समूहको आयोजना  जिल्ला समन्वय समिति बर्दिया र गुलरिया नगरपालिकाको सहयोगमा आयोजित समारोहमा आफ्ना विचारहरु राख्नुहुँदै नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाका निवर्तमान जिल्ला सभापति महेशचन्द्र गौतमले मानव शरीरमा रहेको रगतको बहाव तथा एक व्यक्तिको रगत अर्को व्यक्तिको शरीरमा दिन सकिने प्रविधिको विकासका सन्दर्भमा प्रष्ट्याउनुहुँदै पहिला र अहिले प्रविधिका कारणले एक पिन्ट रगतले ४ जनासम्मको ज्यान बचाउन सकिने कुरा बताउनुभयो । आरविसी, डब्लुविसी तथा प्लेटेलेट्समध्ये कुन चाहिँ रक्तकोषको आवश्यकता हो त्यही नै शरीरबाट निकालेर अर्को व्यक्तिलाई दिन सकिने प्रविधि समेत आएको बताउनुभयो । 

यसैबीच १४औं अन्तर्राष्ट्रिय रक्तदाता दिवसको सन्दर्भमा जिल्लामा सबैभन्दा बढीपटक रक्तदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । २६औं पटक रगतदान गर्नुहुने विष्णु प्रसाद भट्टराई, २१औं पटक रक्तदान गर्नुहुने रुद्रनाथ न्यौपाने र दूर्लभ रक्त समूहका १० पटक रक्तदान गर्नुहुने झक बहादुर चौधरीलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै ने.रे.सो. बर्दिया जिल्ला शाखाका कार्यवहाक सभापति किरण श्रेष्ठ जोशीले रगतको महत्वका बारेमा आफैंले भोगेपछि अझ बढी थाह पाएको कुरा बताउनुभयो ।


 रक्तदाता उत्पे्ररण समूहका संयोजक यज्ञ नगरकोटीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य दीपक वि.सी. ले स्वागत स्वागत गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या