पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिंचाई उपभोक्तालाई अवलोकन भ्रमण

१ असार २०७४, बिहीबार ०९:४०

पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

सदरमुकाम कुश्माबाट सुरु भएको अवलोकन भ्रमण तनहुँ, गोरखा, धादिङ, काठमाडौ, काभ्रेसम्म हुने कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । एक सातासम्म सञ्चालन हुने भ्रमणमा कुश्मा, फलेबास, जलजलाक्षेत्रका कृषकहरु र कर्मचारी गरी ३३ जना सहभागी छन् । जिल्लामा सम्पन्न भएका ठुला सिंचाई आयोजनाका उपभोक्ता बढी सहभागी भएको श्रेष्ठले बताए ।

उपभोक्ताले भ्रमणका क्रममा सिंचाई आयोजनाको संरक्षण, जलस्रोतको ब्यवस्थापनको अवलोकन गर्नेछन् । ‘भ्रमणले सिंचाई आयोजनाका उपभोक्ता तथा कृषकलाई जलस्रोतको ब्यवस्थापन भ्रमण भएका जिल्लामा के कसरी भएका छन्, जलस्रोतको ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर ज्ञान र सीप प्रदान गर्नेछ’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल