सम्राट सिंह | असार २, बझाङ | स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई  मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सम्पूर्ण मदिरा पसलहरु सिलबन्दी गरेको छ &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | असार २, बझाङ | स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई  मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सम्पूर्ण मदिरा पसलहरु सिलबन्दी गरेको छ &nb"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका सम्पूर्ण मदिरा पसलमा सिलबन्दी, अवैध मदिरा नष्ट

२०७४, २ असार शुक्रबार ०२:३९

सम्राट सिंह | असार २, बझाङ | स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई  मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सम्पूर्ण मदिरा पसलहरु सिलबन्दी गरेको छ  । बिहिबार बसेको सर्वदलीय बैठकले मदिराका कारण जिल्लामा घट्ने अपराधिक घटनाहरुलाई  न्यूनिकरण गर्न निर्वाचन अवधिभर मदिरा पूर्ण रुपमा बन्द गर्ने निर्णय पश्चात सदरमुकाम देखि गाउँगाउँका मदिरा पसल सिलबन्दी गरेको हो ।

स्थानीय तहको निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन अवधिभर मदिरा बन्द गर्ने जिल्लाका राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, महिला अधिकारकर्मी, पत्रकार लगायत सबै मदिरा बन्द गर्ने अभियान सहभागी भएका छन । जिल्लामा मदिराका कारण घट्ने घटनालाई मध्यनजर गर्दै आज चैनपुर बजारमा भएका रक्सी पसलहरुमा सिलबन्दी गरेको र गाउँ गाउँमा प्रहरी चौकीलाई मदिरा बन्द गर्न आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुँवरले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका सम्पूर्ण मदिरा पसलहरु असार १ गतेदेखि मतगणना गरी नसक्दा सम्म मदिरा पसलहरु बन्द गरिने सुचना प्रसारण गरको थियो । इजाजत प्राप्त मदिरालाई सिलबन्दी गर्दै स्थानिय मदिरालाई नष्ट गर्ने कार्यको सुरुवात भएको छ । 

जिल्लामा अनुमति  प्राप्त मदिरा पसलमा निर्वाचन अवधिभर सिलबन्दी गर्नुका साथै झण्डै ७ सय लिटर अवैध मदिरा नष्ट गरेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथले बताए । निर्वाचन अवधिभर जिल्लामा मदिरा बन्द गर्नाले अपराधिक घटनामा कमी आउने उनको भनाइ छ । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल