2026-07-25 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई ब…त्कारी र रेणु दाहाललाई अश्लील गाली गर्नेमाथि कार्वाही गर्न माग

असार २, चितवन । एक पछी अर्को गर्दै सृंखलाबद्ध ढंगले सामाजिक संजालमा बिबिध राजनीतिक दललाई अश्लिल गाली गर्दै बिरोध गर्दा सरकारी निकायबाट त्यस्ता सामाजिक ब्यबहार हेर्ने कुनै निकाय छैन । गालि बेइज्जतिको सृंखला चलिरहँदा नतमस्तक भइदिँदा त्यस्ता कृयाकलाप बढ्दै गएको छ ।

त्यसैको उदाहरण यहाँ इंगित गरिएको छ:- 

प्रधानमन्त्री शेर बहादुर देउवा र भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार नेतृ रेणु दाहाललाई सार्वजनिक रुपमा सामाजिक सञ्जालमा अश्लील गाली गरेपछि सामाजिक संजालमा एसबि बोहोराको नामबाट आएको फेसबुक स्टाटस भाइरल भएको छ । पछिल्लो समय प्रधानमन्त्रीलाई समेत व्यक्तिगत अश्लिल आरोप लगाइएको घटनालाई लिएर सामाजिक संजालको दुरुपयोगलाई उदाङ्गो बनाइएको छ ।

यसरी सामाजिक संजाललाई दुरुपयोग गर्दै गलत भाषा प्रयोग गरिएको यो नै पहिलो घटना भने हैन । तर सरकारी तवरबाट यस्ता सामाजिक अभिव्यक्ति दिनेमाथि खोजिखोजि कारवाही गर्न नसक्दा यस्ता घटनाले धेरैलाई अश्लिलता फैलाउन छुट दिए जस्तो बनाएको छ ।

पछिल्लो पटक फेसबुक मार्फत एस बी बोहरा अर्थात् सन्तोष बोहराले फेसबुकमार्फत रेणु दाहाललाई ‘भारतीय …..’ भन्दै गाली गरेपछि सामाजिक सञ्जालमा बोहरालाई गाली बेइज्जती ऐन अन्तर्गत कारबाही गर्नुपर्ने माग उठेको छ । सामाजिक संजालमा आफुप्रति कांग्रेस माओवादीले धम्कि समेत दिएको लेख्ने बोहराको अभिव्यक्तिमाथि कडा आलोचना भएपछि बोहराले थप स्टाटस लेख्दै आफूलाई सहि सावित गर्ने प्रयास समेत गरेका छन् ।

बोहराले आफ्नो फेसबुकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ‘सानो छँदा भैंसी ….त्कार गर्ने” भन्दै टिप्पणी गरेका छन् (तल स्क्रिनसटमा उनको स्टाटस देखाईएको छ) । 

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रमाथि यसरी टिप्पणी गर्नेलाई कानुन अनुसार कार्वाही हुने गृह मन्त्रालयले जनाएको छ । 

तर गृह मन्त्रालयले यो पनि बुझ्न जरुरी छ कि एसबि बोहोरा मात्र  त्यसरी अश्लिलतालाई प्रश्रय दिँदै सामाजिक संजालको दुरूपयोग गर्ने पहिलो पात्र होइनन् । यसरी मनमा जे आयो सामाजिक संजाललमा प्रकट गर्ने धेरै पात्रहरु छन् जो जुनसुकै राजनीतिक मुखपात्र भए पनि सरकारी निकायको निगरानीमा आउनैपर्छ । सामाजिक संजाल पनि हाम्रो दोश्रो समाज भएकाले सामाजिक संजालमा हुने बिकृतिलाई हटाउन सरकारले यथोचित नीति ल्याउन जरुरी छ । 

हेरौ एसबी बोहराका केही फेसबुक पोष्टहरु



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक