शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान शुरु

२०७४, ३ असार शनिबार ०७:५८


 शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको अत्यधिक प्रयोग तथा सुरक्षित प्रयोग गर्न नसक्दा मानव स्वास्थ र वातावरणमा पनि असर पर्ने भएकाले किसानहरुलाइ सचेत पार्न यस्तो अभियान चलाइएको कार्यालयले जनाएको छ ।

हामीले दैनिक उपभोग गर्ने प्रायः तरकारीहरु उत्पादन गर्दा खेतबारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको भन्दै कृषि क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

अनियन्त्रीत र विना पूर्ण जानकारी तरकारी बालीमा प्रयोग भैरहेको विषादीका कारण मानव शरिर र वातावरणमा नकारात्मक असर पारिरहेकोे जिल्ला कृषि विकास कार्यालय सल्यानका वालि संरक्षण अधिकृत नरेश धितालले विश्वास व्यक्त गरे ।

उनले भने– ‘सल्यानका किसानहरुले पनि किरा मार्ने सजिलो उपायको रुपमा विषादीलाइ लिएका छन्, यहां धेरै नै विषादीको प्रयोग भइरहेको छ, यसले जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम बढीरहेको छ ।’

सल्यानमा एग्रोभेटहरुले किसानलाई विषादी दिँदा कुन तरकारीलाई कति मात्राको विषादि दिने र त्यसको प्रयोग कति समयको फरकमा गर्नुपर्छ भन्ने बुझाउन नसक्दा पनि विषादीको बढी प्रयोग हुने गरेको पाइएको छ ।

विशेषगरी बेमौसममा फलाउन सकिने तरकारिमा किसानले विषादी ज्यादा प्रयोग गर्ने गरेका छन् । जिल्लाभर नै यस प्रकारको समस्या आएपछि कृषि कार्यालयले विषादीको प्रयोगमा कमी ल्याउन तथा जैविक विषादी प्रयोगमा जोड दिने उद्देश्यले यो अभियान संचालनमा ल्याएको हो ।  

अभियानको शुरुको दिन कपुरकोटमा ‘घातक विषादीको प्रयोग कम गरौं, जैवीक र वानस्पतिक विषादीको प्रयोग गरौं’ जस्ता नारा सहित र्यालि निकालिएको थियो ।

यो अभियान थारमारे, खलंगा लगाएतका स्थानमा पनि संचालन गरिने वालि संरक्षण अधिकृत धितालले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल