शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान शुरु

३ असार २०७४, शनिबार ०७:५८


 शंकर के सी/असार ३, सल्यान । जिल्ला कृषि विकास कार्यालय सल्यानले विषादी न्युनिकरण तथा सुरक्षित विषादीको प्रयोग समबन्धी अभियान चलाएको छ ।

विषादीको अत्यधिक प्रयोग तथा सुरक्षित प्रयोग गर्न नसक्दा मानव स्वास्थ र वातावरणमा पनि असर पर्ने भएकाले किसानहरुलाइ सचेत पार्न यस्तो अभियान चलाइएको कार्यालयले जनाएको छ ।

हामीले दैनिक उपभोग गर्ने प्रायः तरकारीहरु उत्पादन गर्दा खेतबारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको भन्दै कृषि क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

अनियन्त्रीत र विना पूर्ण जानकारी तरकारी बालीमा प्रयोग भैरहेको विषादीका कारण मानव शरिर र वातावरणमा नकारात्मक असर पारिरहेकोे जिल्ला कृषि विकास कार्यालय सल्यानका वालि संरक्षण अधिकृत नरेश धितालले विश्वास व्यक्त गरे ।

उनले भने– ‘सल्यानका किसानहरुले पनि किरा मार्ने सजिलो उपायको रुपमा विषादीलाइ लिएका छन्, यहां धेरै नै विषादीको प्रयोग भइरहेको छ, यसले जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम बढीरहेको छ ।’

सल्यानमा एग्रोभेटहरुले किसानलाई विषादी दिँदा कुन तरकारीलाई कति मात्राको विषादि दिने र त्यसको प्रयोग कति समयको फरकमा गर्नुपर्छ भन्ने बुझाउन नसक्दा पनि विषादीको बढी प्रयोग हुने गरेको पाइएको छ ।

विशेषगरी बेमौसममा फलाउन सकिने तरकारिमा किसानले विषादी ज्यादा प्रयोग गर्ने गरेका छन् । जिल्लाभर नै यस प्रकारको समस्या आएपछि कृषि कार्यालयले विषादीको प्रयोगमा कमी ल्याउन तथा जैविक विषादी प्रयोगमा जोड दिने उद्देश्यले यो अभियान संचालनमा ल्याएको हो ।  

अभियानको शुरुको दिन कपुरकोटमा ‘घातक विषादीको प्रयोग कम गरौं, जैवीक र वानस्पतिक विषादीको प्रयोग गरौं’ जस्ता नारा सहित र्यालि निकालिएको थियो ।

यो अभियान थारमारे, खलंगा लगाएतका स्थानमा पनि संचालन गरिने वालि संरक्षण अधिकृत धितालले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या