२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भूकम्प प्रभावित क्षेत्रका पशुहरुको गाउँमै उपचार

२०७४, ३ असार शनिबार ११:०६

असार ३, पर्वत । पशु स्वास्थ्य एवं वाँझोपन निवारण सम्वन्धि २ दिने शिविर विहादी गाउँपालिका वार्ड नम्बर २ वर्राचौर र वार्ड नम्बर ३ रानीपानीमा गरिएको छ । 

पशु सेवा कार्यालय पर्वतले भूकम्प प्रभावित क्षेत्रका कृषक लक्षित सेवा अन्तर्गत शिविरको आयोजना गरेको हो । 

असार २ गते वर्राचौरमा १ सय ५२ घरधुरीका ९ सय ६२ गाई भौसी, कुखुरा लगायतका पशुपंक्षीहरुको उपचार भएको छ । असार १ गते वार्ड नम्बर ३ रानीपानीमा १ सय ९८ घरधुरीका ११ सय २६ वटा पशुहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको छ । 

गाई भैसी, भेडा, वाख्रा, वगुर कुकुर, जस्ता घरपालुवा जनावर र पंक्षीहरुका रोगको पहिचान र उपचार, पशुपालक कृषकहरुलाई परामर्श जस्ता सेवा शिविरवाट प्रदान गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रका पशु पालक कृषकहरुलाई घरदैलोमा सेवा दिने उदेश्यले शिविरको आयोजना भएको हो । 

कृषकहरुले सदरमुकामको सेवा गाउँमै पाएकोमा आयोजक प्रति खुशी व्यक्त गरेका छन् । अव गाउँपालिकामा पशु स्वास्थ्यको सेवा विस्तार गर्न उनीहरुको माग छ । पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका पश्ु चिकित्सक विमल शर्मा पौडेलको नेतृत्वमा पशु सेवा प्राविधिक राजेन्द्र सुबेदी, नायव पशु स्वास्थ्य प्राविधिकहरु यज्ञभी थापा, हेम भूर्तेल, चोलाकान्त पौडेल, हरि पंगेनीले लगायतले पशु्हरुको जाँच तथा उपचार र परामर्श सेवा दिनुभएको थियो । -रोशन तिवारीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल