टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि ह"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जिल्लामा पूर्ण सरसफाइ तथा स्वच्छता सम्बन्धी तालिम दिईने

४ असार २०७४, आईतवार १०:५६


टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि हाम्रो शान,सफा र स्वच्छ डाल्पाको पहिचान” भन्ने मुला नाराका साथ डोल्पा जिल्लालाइ पूर्ण सरफाइ यूक्त जिल्ला यहि असार महिना भित्रमा घोषणा गर्न जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समिति लागि परेको छ । 

गएको मँसिर २६ गते साबिकको मुकोट गासिलाइ जिल्लाको २३ आर्थात अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरि डोल्पा जिल्लाका सबै गाविस अर्थात २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तहका सबै क्षेत्रमा खुल्ला दिशामूक्त गाविस घोषणा गरिएको हो । २०६७÷०६८ देखि जिल्लाको ल्हाँ गाविसबाट सूरु गरिएको खुल्ला दिशामूक्त अभियान २०७३ सालमा माथिल्लो डोल्पाको मुकोट गाविसमा आएर सकिएको र डोल्पा जिल्लाका सबै स्थानिय तहहरुमा खुल्लादिशामूक्त बनाएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिका सदस्य सचिव उमेश कुमार झाले बताउनु भयो । 

डोल्पा जिल्लाका सबै स्थानिय तहहरु घोषणा भए पछि अब डोल्पा जिल्लालाइ नै खुल्ला दिशामूक्त जिल्ला अर्थात पूर्ण सरसफाइ यूक्त जिल्ला घोषणा गर्ने तयारिमा रहेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिका सँयोजक तथा स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । बिभिन्न समयमा बिभिन्न खाले बाधा अबरोधहरु आए पनि यस असारको महिना भित्रमा डोल्पा जिल्लालाइ पूर्ण सरसफाइ यूक्त एवम खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्नमा लागि परेको र तत्काल मिति तय गरेर घोषणा गर्ने पनि सँयोजक मिश्रले बताउनु भयो । 

परिवर्तन हरेक ब्यक्तिबाट नै सूरु गर्नु पर्ने र हाल सम्म सरसफाइका अभियान्ताले डोल्पा जस्तो जिल्लामा अत्यन्त महत्वपूर्ण काम गरेकोले नै डोल्पा जिल्लामा सरसफाइको क्षेत्रमा परिवतर्न आएको डोल्पा जिल्लाका प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । डोल्पा जस्तो जिल्लामा पनि सरसफाइको गूरु याजनासँगै सरसफाइमा परिवतर्न गर्न सफल भएकोमा बिभिन्न सरोकारवाला निकायका ब्यक्ति तथा सरसफाएइका अभियान्तालाइ धन्यबाद पनि आचार्यले ज्ञपान गर्नु भयो । 

हरेक ब्यक्तिले धनि गरिव शिक्षीत अशिक्षित नभनि कन सरसफाइको अभियानमा लाग्नु पर्ने र एक जना मानि जन्मीदा नाँगै जन्मीएको र मर्दा पनि नाँगै मर्नू पर्ने भएको कारण सरसफाइ सबैलाइ आबास्यक रहेको कारण सबै लागि पर्नु पर्ने एसएनभि नेपलाका खानेपानि सरसफाइ तथा स्वच्छता सल्हाकार टिकारम खड्काले बताउनु भयो । हामीसँग प्रसस्त खाद्यान्न र पौषिटक आहार भएको तर ति आहारको सदुपयोग नँगरि सरसफाइमा पछि परेको कारणले समाजमा धनि र गरिवको सिमाको बिभाजन भएकोले अबका दिनमा त्यस्ता सोँच परिवतर्न गरि सरसफाइको अभियानमा हरेकले आ आफनो क्षेत्रबाट लागि पर्न सबैमा अनुरोध पनि खड्गाले गर्नु भयो । 

डोल्पा जिल्ला पहिलेका कुनै ब्यक्तिले सोचेको जस्तो सरसफाइको शिसाबले कम्जोर नँभएको र अन्य जिल्लाको जस्तै दैनिक रुपमा सरसफाइमा सुधार गर्दै फड्को मारि रहेकोले जिल्लालाइ पूर्ण सरसफाइ यूक्त जिल्ला घोषणा गर्नमा कुनै समस्या नपर्ने डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताउनु भयो । सरसफाइमा कोहि नलाग्ने र अरुले गरेको काम पनि सम्भव छैन भन्ने बानिको कारण अरुले डोल्पामा सरसफाइ छैन भन्ने सन्देश गएको र अरुले राखेको सोच जस्तो डोल्पा जिल्ला नँभएको र कर्णली अञ्चलमा नै डोल्पा जिल्ला सरसफाइमा पहिलो भएको पनि अध्यक्ष लालिमान बुढाले दाबि गर्नु भयो । सम्भान भएकोले सरसफाइमा सबै लागि परे केहि दिनमा नै कायापलट हुने पनि बुढाले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या