जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको महिलाहरुको साझा संगठन सिसेफ महिला समुहको प्रथम पदस्थापना कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको महिलाहरुको साझा संगठन सिसेफ महिला समुहको प्रथम पदस्थापना कार्यक्रम"/>
२०८२, १८ चैत्र बुधबार
पर्बत - PBT

सिसेफ महिला समुहको पदस्थापना

२०७४, ४ असार आईतवार १२:१६

जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको महिलाहरुको साझा संगठन सिसेफ महिला समुहको प्रथम पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । संस्थापक अध्यक्ष सरस्वती बस्नेतले पदस्थापना समारोहमा इश्वरी पाठकलाई आगामी एक बर्षको लागि संस्थाको जिम्मेवारी सुम्पेकी हुन् । संस्थामा पाठकको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा देवी श्रेष्ठ, उपाध्यक्ष पविता श्रेष्ठ(टिका), सचिवमा कामना रेग्मी, सह सचिव कमला सुवेदी, कोषाध्यक्ष विजया जोशी र सह–कोषाध्यक्ष सिता शर्मा रहेका छन् ।
Image may contain: 6 people, people smiling

कार्यक्रममा कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछानेले महिलाहरु एक जुट भएमा मात्रै महिलाहरुको हक अधिकार सुनुश्चित हुने बताइन । उनले नगरपालिकामा रहेका महिलाहरुको हक अधिकार र आर्थिक समृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताइन । नेपालको संविधानमा महिलाहरुका हक अधिकारहरु समावेश भएका कारणनै स्थानीय तहमा महिलाहरुले नेतृत्व पाउने सकेको भन्दै अब महिलाहरुका अधिकार रक्षाका लागि पनि महिलाहरु जागरुक हुनुपर्ने बेला आएको बताइन् । महिलाहरु चुलो चौकोमा सिमित भएका कारणनै अधिकारबाट बञ्चित भएको भन्दै स्थानीय तह मार्फत राज्यले महिलाहरुको अधिकारलाई तल्लो निकायदेखिनै ग्यारेण्टी गरेको भन्दै महिलाहरुनै स्वयम आफ्नो अधिकार खोज्नुपर्ने बेला आएको बताइन् ।
संस्थाले पदस्थापना कार्यक्रमको अबसरमा मोदी गाउँपालिका ५ तिलाहाराका मृगौला पीडित कृष्ण लामिछानेलाई आर्थिक सहयोग समेत हस्तान्तरण गरेको छ । सिसेफ महिला समुहका पदाधिकारी, सल्लाहकार तथा शुभचिन्तकहरुबाट रकम संकलन गरी संस्थाले लामिछानेलाई १३ हजार ३ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
त्यस्तै शिक्षाक्षेत्रमा लामो समयदेखि क्रियाशिल रहि शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै जलजला गाउँपालिका मल्लाजमा रहेको समाजकल्याण आधारभूत विद्यालयका आधारभूत प्रधानाध्यापक ओमबहादुर जिसीलाई सम्मान समेत गरेको छ । 
Image may contain: 14 people, people smiling
संस्थापक तथा निर्बतमान सरस्वती बस्नेतको अध्यक्षता भएको कार्यक्रममा कुनपा ५ वडा अध्यक्ष चित्रकला भारती, महिला समुह सल्लाहकार सरस्वती जिज्ञासु, सिसेफ नेपालका सल्लाहकार रामप्रसाद जोशी ,अध्यक्ष थमनारायण पौडेल, संस्थापक अध्यक्ष टंक लामिछाने लगायतका बोलेका थिए भने कार्यक्रमको स्वागत पवित्रा श्रेष्ठ (टिका)ले र संचालन सचिव कामना रेग्मीले गरेकी थिइन । 
Image may contain: 3 people, people standing and indoor
पदस्थापना कार्यक्रमपछि अध्यक्ष इश्वरी पाठकले समुहलाई क्रियाशिल र प्रभावकारी बनाउने बताइन । उनले आगामी एक बर्षभित्र विभिन्न सामाजिक कार्यक्रमहरु गर्ने भन्दै त्यसको सार्वजानिक समेत गरीन । उनले सवैसँग सहकार्य गरेर अगाडि बढ्ने र सोही अनुसार महिलाहरुलाई क्रियाशिल बनाउने बताइन ।
Image may contain: 6 people, people standing

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल