नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहा"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बालगृहबाट उद्द्धार गरीएका रमेशको परिवारसँग पुर्नमिलन

६ असार २०७४, मंगलवार १६:३९

नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहादुर बुढालाई असार ६ गते परिवारमा पुर्नमिलनका लागि रमेशलाइ बुझाएको हो । २०७३ कार्तिक २५ गते केन्द्रीय बालकल्याण समितिको सहयोगमा जिल्ला बालकल्याण समिति भक्तपुरले चागुनारायण नपा १७ भक्तपुरमा अनाधिकृत रुपमा संचालित खुशीको खबर मिशन बालगृहबाट उद्धार गरी पारिवारिक पुनमिलनको निमित्त हिमाली नवीन समाज काठमाडौँको संरक्षणमा बस्दै आएका थिए ।       

जिल्ला बालकल्याण समिति जुम्लाको समन्वयमा परिवारको खोज तलास पछि रमेशका काका भेटिएपछि पारिवारिक पुर्नमिलन गरिएको निमित्त महिला विकास अधिकृत विन्दु कुँवरले बताउनुभयो । घरमा रमेशका बुवा आमा नभएकाले अव नजिकका हकदार भनेका उनका काका जयबहादुर बुढा हुन् । अबको शिक्षा दिक्षा पालन पोषणका लागि उनको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

हिमाली नवीन समाज काठमाडौँका बरिष्ठ पुर्नमिलन अधिकृत सुरेन्द्र लामा तामाङले अहिलेसम्म हामीले ७ सय ४५ जना बालबालिकाको पारिवारिक पुर्नमिलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, परिवारमा पुर्नमिलन पछि पनि ५ बर्षसम्म अनुगमन गर्ने गरेका छौ । बालबालिका उद्दार गर्ने क्रममा बालबालिकालाई कडा परिश्रम गर्न लगाउने र अखाद्य म्याद नाघेका बस्तुहरु खान दिने गरेको उहाँले बताउनुभयो । बालकका काका जयबहादुर बुढाले भने पठनपाठनका लागि बालगृहमा भर्ना गरेका हौँ, यस्तो हुन्छ भन्ने थाहा भएन ।

रमेश मेरो छोरा हो शिक्षादिक्षा पालनपोषणको दायित्व मेरै भएकोले परिवारमा सहजरुपमा पुर्नमिलनका लागि वातावरणको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्दार गिरिएका बालक बुढाले भने धेरै काम गर्न लगाउने बाख्रा कुखुरा चराउन लगाउने, पिट्ने, पेटभरी खान नदिने, दुख दिने गरेको बताए । २०६५ मंसिर २५ गते रमेशका बुवा मृत्यु भएको र आमाले दोस्रो विवाह गरीपछि उनका काका जयबहादुर बुढाको पहलमा बालगृहमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या