दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालकचहरीमा जोडियो रामराज्यको प्रसंग

७ असार २०७४, बुधबार ०२:०२


दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परिवर्तन पहिलो आवश्यकता रहेको बताउनु भएको छ । 

बालविवाह न्यूनिकरण, जोखिम बालबालिकाको ब्यबस्था, अपांगता भएका बालबालिकाहरुको संरक्षण लगायतका बालअधिकारका सवालमा काम गर्ने सरोकारवाला निरन्तर खटेपनि प्रभावकारी उपलब्धी हुन नसकेको भन्दै यसका लागि सचेतना, सभ्य आचरण र शिष्ट ब्यवहार पहिलो आवश्यकता रहेको बताउनु भएको हो ।

कुनै बेलाको रामराज्यको प्रशंग जोड्दै सुबेदीले आदर्श अनुसार ब्यवहारत कार्यान्वयन गर्न आजको परिबेशमा चुनौती थपिएको बताउनु भएको छ । बालहितका सवालमा ब्यक्ति, परिवार, टोल, समाज समेत जिम्मेवार भएकाले कसैकसैमा देखिने गलत आचरण र ब्यवहारका कारण सोचे अनुसारको उपलब्धी हासिल हुन नसकेको सुबेदीले बताउनु भएको छ ।

वालहितका लागी वालकचहरी बिषय आज मंलवार जिल्ला सदरमुकाम मान्ममा आयोजित रेडियो वहस कार्यक्रममा वोल्दै सहभागी सरोकारवालाहरुले बालहितका सवाल एकै पक्षको पहलमा प्रभावकारी नहुने भएकाले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम थाल्न पर्ने बताउनु भएको छ । सेभ द् चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटको सहयोग रेडियो नयाँ कर्नालीको सहजिकरण तथा जिल्ला बाल कल्याण समितिको आयोजना संचालित बालकचहरीमा प्रहरी प्रमुख डिएसपी योगेन्द्र कुमार खड्काले प्रहरी राज्यले निर्धारण गरेको कानुनको रक्षक भएकाले बालहितका हरेक सवालमा काम गर्न बफादार रहेको वताउनु भएको छ ।

यता बालबालिका राजनैतिक गतिविधिमा प्रयोग हुने गरको भन्ने सहभागिको प्रश्नमाथि जवाफ दिदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द वहादुर शाहीले बालबालिका कुनै संगठनमा समाहित हुनु कुनै अमानविय नहुने बरु संगठनका नाममा बालबालिकालाई गलत काममा प्रयोग गरिनु बालअधिकार हनन् हुने भएकाले विगतका बर्षहरुमा बालबालिकाहरु राजनैतिक गतिविधिमा प्रयोग गरिए पनि पछिल्लोचरण न्यूनिकरण हुदै गएको बताउनु भएको छ । एमाले जिल्ला अध्यक्ष नगेन्द्र शाही नेसनल, नेपाली काग्रेसका सहसचिव दमन वहादुर शाही, माओबादी केन्द्रका कृष्णा शाही, लगाएतले बालअभिकारका सवालमा राजनैतिकदलहरु सजक रहेको बताउनु भएको छ ।

यस्तै नेपाल वारएसोसिएसन कालिकोटका अध्यक्ष हिक्मत वहादुर बिष्टले बालहितका सवालमा भए गरेका कानुनी ब्यवस्थाबारे सम्पूर्ण सरोकारवाला पूर्ण जानकार हुन आवश्यक रहेको बताउनु भएको छ । जिल्ला वालकल्याण समितिका कार्यवहाक अध्यक्ष लालवहादुर मल्लको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यतामा संचालन भएको बाल कचहरीमा बालक्लव, गाउ बालकल्याण समिति, जिल्ला बालकल्याण समिति, नागरिक समाज लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य