Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नदी किनारमा हेलिकप्टर नलान आग्रह

By kit

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/40b457ae935128443d943401ee1bf52b1498032645.jpg" style="float: left;"><b>असार ७, रसुवा ।</b> निर्माणाधीन स्याफ्रुबेसी मैलुङ क्षेत्रको सडक आसपासबाट हेलिकप्टर नउडाउन सडक निर्माण कार्यदलले आग्रह गरेको छ ।&nbsp;<br></p><p>सडक निर्माणस्थलमा अधिकांश समय ढुङ्गा फुटाल्दा विस्फोटक पदार्थ प्रयोग भइरहने हुँदा हेलिकप्टरका चालकले ट्र्याक खोल्न लागेको सडक नजिकबाट हेलिकप्टर उडाउने गरेका कारण सम्भावित जोखिम कम गर्न नदी सतहभन्दा निकै माथिबाट उडान भरिदिन सम्बन्धित हेलिकप्टर कम्पनीलाई आग्रह गरिएको स्याफ्रुबेसी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ ।&nbsp;</p><p>विस्फोटन गराइएका ढुङ्गाको टुक्रा लामो दूरीसम्म जान सक्ने भएकाले प्रतिकूल मौसमका कारण नदी किनारबाट उडान भर्नुपर्ने अवस्था आएमा करिब ३० मिनेट अगावै जानकारी दिनसमेत सडक निर्माण कार्यदलले जनाएको छ । रासस&nbsp;</p>