2026-10-15 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका नौवटा मुख्य राजमार्ग अझै पूर्णरुपमा बन्द अवस्थामा

काठमाडौँ | बाढीपहिरोपछि अवरुद्ध भएका देशका नौवटा मुख्य राजमार्ग अझै पूर्णरुपमा बन्द अवस्थामा छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सडकको अवरोध हटाएपछि ६ वटा मुख्य सडकखण्डमा भने एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएका छन्।

प्रहरीका अनुसार ललितपुरको लेले टिकाभैरव जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। त्यसैगरी तेह्रथुमको लालिगुराँसमा पहिरो खसेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रुपमा खुलेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभिरमा पनि एकतर्फी रुपमा सवारी साधन सञ्चालन भइरहेका छन्। उता अरनिको राजमार्ग अन्तर्गत पर्ने काभ्रेको पाँचखाल नगरपालिका ५ स्थित हनुमानगढी केराबारी सडकखण्डमा पनि एकर्फी रुपमा गाडी गुडिरहेका प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिममा पर्ने बर्दघाट नगरपालिका ४ दाउन्नेमा सडक भासिँदा अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा पनि मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

अझै अवरुद्ध छन् यी ९ राजमार्ग
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ पहिरो खस्दा अवरुद्ध बनेको भिमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक अहिलेसम्म पूर्णरुपमा अवरुद्ध अवस्थामा छ।

त्यसैगरी इन्द्रसरोवर २ मै पर्ने सिस्नेरी दक्षिणकाली, मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा पर्ने कान्तिलोकपथ, बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका ८ चारसयवेँसी, रोसी गाउँपालिका ११ कालढुंगा, रोसी गाउँपालिका १२ प्याकुरेलमा पनि अझै सडक पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ को बाह्रबीसे तातोपानी सडकखण्ड, रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने रामेछाप खुर्कोट सिन्धुली सडक र सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा पर्ने मध्यपहाडी राजमार्ग पनि अहिलेसम्म अवरुद्ध छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने