११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दुर्गा प्रसाईँ समर्थकको आगजनीबाट गम्भीर घाइते भारतीय युवकको मृत्यु, ८ जना समर्थकमाथि मुद्दा दर्ता

२१ आश्विन २०८१, सोमबार १२:११

झापा | दुर्गा प्रसाईँका समर्थकहरूले गरेको आगजनीमा परेका एक भारतीय युवकको मृत्यु भएको छ। झापा जिल्लामा भएको यस घटनामा घाइते भएका ४० वर्षीय पदा राय, जो पश्चिम बंगालको उत्तर दिनाजपुर निवासी थिए, उपचारको क्रममा मृत्यु भएको हो।

गत असोज ७ गते, प्रसाईँको गिरफ्तारीको विरोधमा उत्रिएका समर्थकहरूले झापाको बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय ट्रकमा आगजनी गरेका थिए। डब्लुबी ७३ ई ३०५६ नम्बरको ट्रकका चालक राय सो आगजनीमा गम्भीर घाइते भएका थिए।

उनीलाई सुरुमा बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।

मृतक रायका आफन्तहरूले शव राखेर भारतको पानीटंकीतर्फ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक प्रदर्शन गरेका थिए। झापाको प्रहरीका अनुसार उनीहरूले करिब आधाघण्टा नाका अवरुद्ध पारेका थिए। पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

आगजनीमा संलग्न दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले सोही समयमा पक्राउ गरिसकेको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो