पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगम"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति समितिको अनुगमन तिब्र

८ असार २०७४, बिहीबार ०४:१२

पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगमनलाई तिब्र पारेको छ ।

पुर्ननिर्माण तथा पुनस्थापनासम्बन्धीका १८ र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत चलिरहेका ४२ गरी कुल ६० वटा कार्यक्रमहरुको अनुगमन तिब्र रुपमा पारेको हो । स्थानीय शान्ति समितिले चार समुहमा कार्यविभाजन गरी अनुगमनलाई तिब्र पारेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।

उनका अनुसार शान्ति समितिको संयोजक मनरुपा सुवेदीको नेतृत्वमा शंकरपोखरी मुडिकुवा साइट पुर्व संयोजक सोमलाल आचार्यको नेतृत्वमा कुश्मा नगरपालिका, बाबुराम कार्कीको नेतृत्वमा लेखफाँट धाइरिङसाइट, बैगुण्ठ गिरीको नेतृत्वमा ठूलीपोखरी, सिल्मी, पिपलटारी साइटमा अनुगमन भैराखेको उनले बताए । आर्थिक अभावका कारण ३४ भन्दा बढी कार्यक्रमहरुको अनुगमन तथा निरिक्षण गर्न नसकिने उनले बताए ।
संयोजक मनरुपा सुवेदीले मन्त्रालयबाट संचालन भएका कार्यक्रमहरुको बजेट दुरुपयोग नहोस र तोकिएकै मितिमा उक्त कार्यक्रम सम्पन्न होस् भन्ने उदेश्यका साथ अनुगमन गरिएको बताइन् । जिल्लामा मन्त्रालयबाट पुर्ननिर्माण हुदै गरेको देविस्थान वडा कार्यालयको भवनलाई बढी रकम विनियोजन भएको उनको तर्क छ । पूर्व संयोजकहरुको नेतृत्वमा अनुगमन चलिरहेको छ त्यहाँको अबस्थाको बारेमा अनुगमन पश्चयात रिपोर्ट आउँला तर हामीले गरेको अनुगमनमा काम भैराखेको र मन्त्रालयको मापदण्ड र नियमअनुसारनै काम अगाडि बढिरहेको पायौं उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या