असार १० पर्वत । धार्मिक तथा पर्यटकीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असार १० पर्वत । धार्मिक तथा पर्यटकीय "/>
२०८२, १९ चैत्र बिहीबार
पर्बत - PBT

गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन सम्पन्न

२०७४, १० असार शनिबार १३:२६

असार १० पर्वत । धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 
कार्यक्रममा प्रमुख अतिथि कुनपा ४ वडा अध्यक्ष मिना कर्माचार्य रहेकी थिइन् । प्रमुख अतिथि कर्माचार्यले गुप्तेश्वर गुफा एउटा वडा र कुश्माको मात्र नभई सिंगो जिल्लाको गहना भएको बताइन् । उनले भौतिक संरचना निर्माणले गुफाको विकासमा टेवा पुगेको र सामाजिक कार्य इमान्दारिताका साथ पुरा हुनु राम्रो भएको उल्लेख गरिन् । गुफाको भौतिक विकासमा आफ्नो वडाबाट हुनसक्ने आर्थिक र भौतिक जुनसुकै सहयोग गर्न आफू तयार रहेको उनको भनाई थियो ।


कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार बलराम कर्माचार्यले आफ्नो भनाई राख्दै निर्माणाधिन भौतिक संरचनाको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण गरिनुपर्ने बताए । उनले बलियो गरी पर्खाल लगाएर खोलालाई छेक्न नसक्ने हो भने पचासौ लाख खर्चिएर निर्माण गरिएको गुफाको भवन जोखिममा पर्न सक्ने संकेत गरे । गुप्तेश्वर व्यवस्थापन समितिको पहलमा संचालनमा आएको वेदवेदांग पाठशालाले गुफा समितिसँग सहकार्य नगरी हिड्ने गरेको भनी सल्लाहकार कर्माचार्यले गुनासो व्यक्त समेत गरेका थिए ।


कार्यक्रममा गुफा परामर्श समिति सदस्य बसन्त बहादुर सिकेले गुफामा भौतिक संरचना निर्माणको कार्य हुनु राम्रो भएको भनी तारिफ गरे । गुफा व्यवस्थापन समितिमा जोसुकै आए पनि सवैसँग सहकार्य गरी अगाडि बढ्न उनले सुझाए । उक्त कार्यक्रममा परामर्श समिति सदस्य लक्ष्मीकान्त आचार्य, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष तथा गुफा कार्य समितिका सदस्य प्रनिश गिरी, एकता युवा क्लवका सचिव गोकुल शर्मा लगायतले .मन्तव्य राखेका थिए । गुफा व्यवस्थापन समिति सदस्य मानकुमारी गिरीले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन सहसचिव विष्णुप्रसाद नेवारले गरेका थिए ।


कार्यक्रममा संस्थाको आर्थिक वर्ष०७०÷०७१देखि ०७३÷०७४ सम्मको आयव्यय सार्वजनिक गरिएको थियो । आयव्यय सार्वजनिक गरेका संस्थाका कोषाध्यक्ष गणेश भण्डारीका अनुसार कुल आम्दानी २ लाख ९७ हजार ५ सय छ भने उठ्न बाँकी रकम ७ लाख ४९ हजार बराबर छ । आर्थिक वर्ष ०७३÷०७४ को कुल खर्च रकम १ लाख ४८ हजार बराबर छ । गुफा संस्थाले विभिन्न व्यक्तिहरुलाई व्याजमा लगानी गरेको उल्लेख छ । केही व्यक्तिले गुफाको रकम व्याजमा लिएका तर लामोसमयदेखि साहु व्याज समेत नतिरेको देखिन्छ ।

त्यसैगरी गुफाको भौतिक संरचना निर्माण उपसमिति कोषाध्यक्ष शिवप्रसाद सुवेदीले भौतिक संरचना निर्माणका लागि ३३ लाख ७५ हजार बराबर खर्च भएको विवरण पेश गरेका छन् भने भुक्तानी दिन बाँकी हिसाव ४ लाख ९८ हजार बराबर छ ।


कार्यक्रम संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्षको मन्तव्य राख्दै श्रेष्ठले सवैको साथ र सहयोगबाट गुफामा भौतिक संरचना निर्माणको कार्यले गति पाएको उल्लेख गरे । गुप्तेश्वर गुफाको महत्व धेरै भएको बताउदै उनले सवै मिलेर विकासका लागि लाग्ने हो भने गुफालाई चार नम्वर प्रदेशकै पर्यटकीय केन्द्र बनाउन सक्ने दावी गरे । नयाँ कार्यसमिति गठनको प्रक्रिया भने आइतवार मात्र पुरा गरिने संस्थाका पदाधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल