असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको "/>
७ माघ २०८२, मंगलवार
पर्बत - PBT

पर्वतका मदिरा व्यवसायीहरु संगठित

१० असार २०७४, शनिबार १३:२९

असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको गठन गरे । 
संघको अध्यक्षमा सर्वसम्मत प्रकाश कर्माचार्यलाई चुनिएको छ । अध्यक्ष कर्माचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा रामु शर्मा, सचिव प्रल्हाद गिरी, कोषाध्यक्ष शम्भु जोशी रहेका छन् भने सदस्यमा चित्रबहादुर अधिकारी, राजकुमार बस्नेत, राजेश श्रेष्ठ, गोपाल बहादुर क्षेत्री, लोकप्रसाद अधिकारी, रमेश श्रेष्ठ, विश्वराज श्रेष्ठ छन् ।


मदिरा व्यवसायीहरुले आफ्नो संघका लागि सल्लाहकार समिति गठन समेत गरेका छन् । यसमा शिव शर्मा पौडेल, नेत्र पराजुली र लेखनाथ शर्मा रहेको बताइएको छ । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाको विशेष सहभागीता रहेको थियो । मदिरा व्यवसायीहरुले आफ्नो हकअधिकारको लागि एकजुट हुन थालेको बताए ।


राज्यलाई कर तिर्दा पनि कतिपय कुरामा राज्यका निकायहरुबाट दुःख र समस्या पाउनु परेको मदिरा व्यवसायीको गुनासो छ । अहिले केही मदिरा व्यवसायीहरु संगठित भए पनि विस्तारै जिल्लाभरका व्यवसायीहरुलाई समेटेर जाने नवनिर्वाचित सचिव प्रल्हाद गिरीले उल्लेख गरे । संघको निर्वाचित समितिको पहिलो बैठकले विधान मस्यौदा, सदस्यता शुल्क लगायतका विषयमा निर्णय गरेको सचिव गिरीले बताए । पर्वतमा कति प्रकारका मदिराजन्य पदार्थ कति परिमाणमा खपत हुन्छ भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा