पर्वत, असार ११ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, असार ११ । 
२०८२, १९ चैत्र बिहीबार
पर्बत - PBT

आवधिक जिल्ला विकास योजनाप्रति सरोकारवालाको चर्को आक्रोश, दलहरुको असहमति

२०७४, ११ असार आईतवार ०४:२४

पर्वत, असार ११ । –साविकको जिविसले दुई बर्षअघि निर्माण गर्न दिएको आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति क्रियाशिल राजनीतिक दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले तिब्र असन्तुष्टि जनाएका छन् । उनीहरुले समन्वय पनि नभएको,  प्रतिवेदनमा महत्वपूर्ण केही नसमेटिएको र आवधिक जिल्ला विकास योजना हचुवामा निर्माण गरिएको भन्दै अन्तिम प्रतिवेदन प्रस्तुतीका क्रममा शनिबार चर्को आक्रोश ब्यक्त गरेका हुन । प्रमुख दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले आवधिक जिल्ला विकास योजनाको कुनै औचित्य नभएको भन्दै आफुहरुले त्यसलाई मान्यता नदिने बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले हचुवा र बिना समन्वय योजना ल्याइएको भन्दै नेपाली काँग्रेसले मान्यता नदिने बताइन् । ‘आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति हाम्रो कुनै सहमति छैन, यो हचुवा र बिना समन्वय तयार गरिएको छ’ उनले भनिन्–‘नेपाली काँग्रेसले यो योजना पारित गर्नेपक्षमा छैन ।’ नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले पार्टीको छलफल र समन्वयबिना योजना बनाइएकोमा आफ्नो गम्भिर असहमति रहेको बताए । ‘मैले यो योजनाको हस्ताक्षर गर्ने सक्दिन’ उनले भने ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य दिपक आचार्य र राप्रपा पर्वतका अध्यक्ष ईश्वर गिरीले आवधिक योजना निर्माणमा लापरबाही भएको बताए । ‘यस्तो योजनालाई हामी समर्थन जनाउन सक्दैनौ’ राप्रपा अध्यक्ष गिरीले भने । योजनाको बिरोध गर्दै एमाले अध्यक्ष पदम गिरी, राप्रपाका अध्यक्ष इश्वर गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य मनकुमारी पाइजा कार्यक्रम छाडेर बाहिरिएका थिए । दलसँगै अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले पनि आफुहरुलाई विभिन्न बिषयगत समितिमा राखिएपनि एउटा पनि बैठक राखेर छलफल नगरिएकोमा आपत्ति जनाएका थिए । ‘समितिमा राख्ने तर योजना निर्माणमा सहभागी नगराइएकोमा मेरो आपत्ति छ’ सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले भने ।

अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले पनि बिषयगत समितिमा राखेर छलफल र समन्वय नगरिएको गम्भिर असहमति जनाएका थिए । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले योजना निर्माण, दल तथा सरोकारवाला निकायलाई बुझाउने ढंग नपुग्दा बिरोधका स्वर सुनिएको बताए । ‘अहिले तयार भएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्नका लागि दलका प्रतिनिधिलाई एक÷एकप्रति दस्तावेज उपलब्ध गराउछौ, त्यसपछि पुनः छलफल गर्छौ’ भुसालले भने । पर्वतको पाँच बर्षे आवधिक जिल्ला विकास योजना नेस्ट, इकोकोड, ब्राईट फ्युचर इन्टरनेसनल काठमाडौले तयार पारेको हो ।
जिल्ला विकास समितिले योजना निर्माण गर्न २० लाख ३७ हजार रुपैयाँको सम्झौता गरेको थियो । अहिले स्थानीय तह कार्यान्वयनमा आइसकेपछि पाँच बर्षको एकमुष्ठ र जिल्लाको तत्कालिन गाउँ विकास समिति नछुट्टाइ बनाइएको यो योजना बनाउनुको कुनै अर्थ नहुने देखिएको छ । जिल्ला विकास समितिले यो योजना निर्माणका लागि संस्थासँग सम्झौताबाहेक लाखौ रुपैयाँ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल