पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जी"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्रका केन्द्रिय सदस्य मास्के एमालेमा प्रवेश, माओवादीमा व्यक्तीगत निर्णय हाबी !

११ असार २०७४, आईतवार ०६:०६

पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जीवनको उर्जाशील समयसम्म नेकपा माओवादी केन्द्रमा लागेपनि मुलुक र जनताका लागि राम्रो काम गर्न नसकेको भन्दै एमालेमा प्रवेश गरेको मास्केले बताए । उनले अब नेकपा एमालेमा रहेर सक्रियता पूर्वक राजनीतिक गर्ने बताए ।


एमाले नेतृत्वले लिएको राष्ट्रियता प्रतिको अडान र मुलुक निर्माणमा एमालेको भूमिका लगायतका विषयले आफु प्रभावित बनेर एमालेमा प्रवेश गरेको मास्केको भनाई थियो । उनले माओवादीमा व्यक्तीगत निर्णयको हाबी भएकाले आफुलाई त्यो परिपाटी सैह्य नभएर एमालेमा आएको खुलासा गरे ।


माओवादीका मुख्य गढको रुपमा रहेको रानीपानीबाट एमालेमा पार्टी प्रवेश गर्नेमा मायादेवी भट्टराई, यज्ञप्रसाद भट्टराई, प्रविण क्षेत्री, तिर्थराज भट्टराई, चुणामणी पराजुली, गोविन्द मास्के, ओम मास्के र अमृत पराजुली रहेका छन् ।


त्यसैगरी नेपाली काँग्रेसवाट जयन्तीदेवी गिरी, रणबहादुर क्षेत्री, मनबहादुर क्षेत्री लगायत एमालेका प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका युवा नेता तथा सांसद विकास लम्सालले फुलमाला लगाएर स्वागत गरेका थिए ।


सो अवसरमा बोल्दै सांसद लम्सालले स्थानिय तहको चुनावपछि नेकपा एमाले मुलुकको पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै एमालेमा बाहेक अन्य कुनै पार्टीमा भबिष्य नभएको भन्दै अन्य दलका नेताहरु प्नि एमालेमा आएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

उनले नेकपा एमालेसँग मात्रै मुलुक निर्माण गर्ने शक्ति भएको बताउँदै पछिल्लो समय मुलुकभर एमालेप्रति आम कार्यकर्ताहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?