2026-09-21 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामना जाँदै गरेको इभी भ्यान धादिङमा दुर्घटना : ११ जना घाइते

काठमाडौँ | धादिङमा इभी भ्यान दुर्घटना भएको छ। काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ इभी भ्यान शुक्रबार दिउँसो १: ३५ बजेतिर धादिङ थाक्रे गाउँपालिका -६ नौकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीनजनाको अवस्था मध्यम छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले दुर्घटनामा ११ जना घाइते भएको जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई महादेववेशीस्थित टाइम्स केयर हस्पिटलमा उपचारका लागि पठाइएको छ। उनीहरूको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ।

इलाका प्रहरी खानिखोलाबाट प्रहरी सहायक निरीक्षक शत्रुधन प्रसाद यादवको नेतृत्वमा गएको टोलीले घाइतेहरूलाई उद्दार गरी अस्पताल पठाएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो